१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शेख हसिनाको पार्टीका ८ नेतालाई आन्दाेलनकारीले जिउँदै जलाए

२२ श्रावण २०८१, मंगलवार ०६:००

साउन २२, काठमाडौँ । बंगलादेशमा शेख हसिनाको सरकार पतन भएपछि प्रदर्शनकारीहरूको तालिबानी शैलीमा कारबाही गरेकाे घटना सार्वजनिक भएको छ। प्रदर्शनकारीहरूले जेसाेरस्थित अवामी लीगका नेताहरू बसेकाे एक हाेटलमा आगाे लगाएका थिए । सञ्चार माध्यमले जनाएअनुसार आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन् ।

होटलका मालिक जेसोर जिल्ला अवामी लिगका महासचिव शाहीन चक्लादार थिए।

सञ्चारमाध्यमलाई उपायुक्त अबरारुल इस्लामले घटनाको पुष्टि गरेका छन् । मृत्यु हुनेमा २० वर्षीय छयन र १९ वर्षीय सेजन हुसेन रहेका छन् । अस्पतालका कर्मचारी हारुन रसिदले त्यहाँ कम्तीमा ८४ जनाको उपचार भइरहेको र अधिकांश विद्यार्थी रहेको बताए ।


आन्दाेलन आक्रामक बनेसँगै साेमबार हसिनाले देश छाडेर भागेकी थिइन् । उनले भागेसँगै देशभर आन्दाेलनकारीले उत्सव मनाएका थिए । साेही क्रममा आन्दाेलनकारीले हाेटलमा आगाे लगाएका हुन् ।

आन्दाेलनकारीले अवामी लिगको कार्यालय र नेताहरूकाे घरमा पनि आक्रमण गरेका थिए ।

३ सय जनाको ज्यान गयाे

बंगलादेशमा आगजनी र हिंसाका कारण अहिलेसम्म कम्तिमा ३०० जनाको ज्यान गएको छ । समाचार एजेन्सी एएफपीको सोमबारको रिपोर्टमा यस्तो दाबी गरिएको हो।

यद्यपी मृत्यु हुनेको संख्या ३ सय हो भन्नेबारे आधिकारिक बयान भने आएको छैन ।

सरकारी अधिकारीहरूले एक सय जनाको मृत्यु भएको पुष्टि गरेका छन् । आइतबार भएको झडपमा मात्रै १४ प्रहरीसहित १०० जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह