२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अमेरिकी नागरिक लिन हेलिकप्टर स्याफ्रुबेसी जाँदै थियो, काठमाडौँबाट चिनियाँ नागरिक चढे

२०८१, २४ श्रावण बिहीबार ०७:५७

साउन २४, काठमाडौँ । एयर डाइनेस्टीको बुधबार दुर्घटनामा परेको हेलिकप्टर चार्टर्ड रहेको खुलेको छ। अमेरिकी नागरिक लिन स्याफ्रुबेसी जाँदै गरेको हेलिकप्टरमा चिनियाँ नागरिक चढेको र उनीहरू दुर्घटनामा परेको खुलेको हो। 

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबार सिंहरबारमा बसेको बैठकमा दुर्घटनाबारे जानकारी गराउँदै नागरिक उड्डयन तथा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल घुम्न आएका चिनियाँ नागरिकहरू घर फर्किन चार्टर भएको हेलिकप्टर चढेको जानकारी दिए।

मानसरोवर घुमेर आएका अमेरिकी नागरिक लिन हेलिकप्टर चार्टर्ड भएको भए पनि ट्राभल एजेन्सीको समन्वयमै चाँडो घर फर्किन चाहेका चिनियाँ नागरिकलाई उक्त हेलिकप्टरमा चढाइएको पाइएको मन्त्री पाण्डेले जानकारी दिए। 


अचानक मौसममा खराबी आएका कारण हेलिकप्टर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको समेत उनको भनाइ छ। तर नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा त्यसबारे प्रारम्भिक प्रतिक्रिया दिएका हुन् ।

दुर्घटनाबारे जानकारी गराउँदै मन्त्री पाण्डेले समितिमा राखेको धारणाः 

यो चार्टड गरिएको हेलिकप्टर थियो। अमेरिकी नागरिकहरू स्याफ्रुबेसीबाट फर्किने क्रममा हुनुहुन्थ्यो। उहाँहरूलाई ल्याउनको लागि हेलिकप्टर चार्टर्ड गरिएको रहेछ। 

अमेरिकनलाई लिन जाँदै गरेको हेलिकप्टरमा चिनियाँ नागरिकले ठाउँ लिएको देखिन्छ। मुख्यगरि कैलाश मानसरोवरबाट फर्किएका नागरिकलाई लिन गएको देखिन्छ।

चिनियाँ नागरिकहरू पनि पर्यटककै रुपमा नेपाल आउनु भएको थियो। र, ती मध्य एक जनाको चाँडो घर फर्किनुपर्ने अवस्था थियो भन्ने कुरा पनि हामीले सुनेका छौं। र, स्याफ्रुबेसीबाट चीनतिर जाने गरि उहाँहरू जाँदै हुनुहुन्थ्यो। 

हेलिकप्टर उडेको तीन मिनेटपछि सम्पर्क संचार विच्छेद भयो। केहीबेरसम्म सम्पर्क विच्छेद मात्रै भएको हो भनेर सम्पर्क स्थापित गर्ने कोसिस भयो। ‘ईएलटी भन्ने सिस्टम’ले हेलिकप्टर ठोक्किएपछि संकेत दिँदो रहेछ। त्यो संकेत पनि किन हो आएन।

दुर्घटना नै भएको हो कि भनेर अन्य माध्यमबाट बुझदै जाँदा स्थानीयले आवाज आएको भन्ने जानकारी आयो। त्यहाँ रहेको सेनाको क्याम्पलाई पनि थाहा भयो। त्यसपछि सेनाले टीआईएमा रहेका सेनासँग सम्पर्क गर्नुभयो। त्यसपछि उद्धारका लागि प्रभु हेलिकप्टर पठाइयो। 

सम्भवत मौसम बिग्रेर हेलिकप्टरलाई अब फर्काउनुपर्छ भनेर पाइलटले प्रयास गरेको जस्तो देखिन्छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ