१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धरान खानेपानी विवाद: मेयर साम्पाङले वार्तामा बोलाए दलहरूलाई

२४ श्रावण २०८१, बिहीबार १०:३४

साउन २४, धरान । धरानमा खानेपानीको शुल्क र महसुल बढाएको विषयमा आन्दोलन चर्किँदै गएपछि धरानका मेयर हर्क साम्पाङले दलहरूलाई मौखिक रूपमा वार्ताका लागि आव्हान गरेका छन् ।

आज दलहरूको अगुवाइमा नगरपालिका घेराउ कार्यक्रम उग्र भएपछि साम्पाङले मौखिक रूपमा वार्ताका लागि आव्हान गरेका थिए । विद्यार्थीसहित पुगेका प्रदर्शनकारीले धरान उप महानगरको गेटमा तोडफोड समेत गर्न थालेपछि प्रहरीसँग ठेलम ठेल समेत भएको थियो ।


खानेपानीको शुल्क र महासुल बढाएको विरोधमा उप महानगरपालिका घेराउमा पुगेकाहरूले मेयर साम्पाङविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । नाराबाजीपछि साम्पाङले आन्दोलनकारीलाई सम्बोधन गर्दै दलहरूलाई वार्ताका लागि आव्हान गरेका छन् ।

९ हजार ९०० प्रतिशतसम्म शुल्क र महसुलमा वृद्धि गरेपछि धरानमा क्रियाशील १० राजनीतिक दलले खानेपानी व्यवस्थापन बोर्ड विरुद्ध आन्दोलन गर्दै आएका छन् ।

बोर्डको अध्यक्ष भएका हैसियतले मेयर साम्पांगले मनपरी ढङ्गले खानेपानीको नयाँ धारा जडा, नामसारी र महसुलमा मनपरी ढङ्गले वृद्धि गरेको दलहरुले आरोप लगाएका छन् । दलहरूले आन्दोलनका क्रममा खानेपानी बोर्डको कार्यालय र काउन्टरहरूमा समेत तालाबन्दी गरेका थिए । तालाबन्दी भएपछि मेयर साम्पाङ रिट निवेदन लिएर उच्च अदालत गएका थिए ।

उच्च अदालतले तालाबन्दी खोल्न आदेश दिएको थियो । बुधबारको आदेशपछि दलहरूले आज तालाबन्दी खोलेका थिए । दलहरूले तालाबन्दी खोलेसँगै खानेपानीको काउन्टरहरूमा विद्यार्थी समूहले बिहीबार फेरि तालाबन्दी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह