२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धरान खानेपानी विवाद: मेयर साम्पाङले वार्तामा बोलाए दलहरूलाई

२०८१, २४ श्रावण बिहीबार १०:३४

साउन २४, धरान । धरानमा खानेपानीको शुल्क र महसुल बढाएको विषयमा आन्दोलन चर्किँदै गएपछि धरानका मेयर हर्क साम्पाङले दलहरूलाई मौखिक रूपमा वार्ताका लागि आव्हान गरेका छन् ।

आज दलहरूको अगुवाइमा नगरपालिका घेराउ कार्यक्रम उग्र भएपछि साम्पाङले मौखिक रूपमा वार्ताका लागि आव्हान गरेका थिए । विद्यार्थीसहित पुगेका प्रदर्शनकारीले धरान उप महानगरको गेटमा तोडफोड समेत गर्न थालेपछि प्रहरीसँग ठेलम ठेल समेत भएको थियो ।


खानेपानीको शुल्क र महासुल बढाएको विरोधमा उप महानगरपालिका घेराउमा पुगेकाहरूले मेयर साम्पाङविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । नाराबाजीपछि साम्पाङले आन्दोलनकारीलाई सम्बोधन गर्दै दलहरूलाई वार्ताका लागि आव्हान गरेका छन् ।

९ हजार ९०० प्रतिशतसम्म शुल्क र महसुलमा वृद्धि गरेपछि धरानमा क्रियाशील १० राजनीतिक दलले खानेपानी व्यवस्थापन बोर्ड विरुद्ध आन्दोलन गर्दै आएका छन् ।

बोर्डको अध्यक्ष भएका हैसियतले मेयर साम्पांगले मनपरी ढङ्गले खानेपानीको नयाँ धारा जडा, नामसारी र महसुलमा मनपरी ढङ्गले वृद्धि गरेको दलहरुले आरोप लगाएका छन् । दलहरूले आन्दोलनका क्रममा खानेपानी बोर्डको कार्यालय र काउन्टरहरूमा समेत तालाबन्दी गरेका थिए । तालाबन्दी भएपछि मेयर साम्पाङ रिट निवेदन लिएर उच्च अदालत गएका थिए ।

उच्च अदालतले तालाबन्दी खोल्न आदेश दिएको थियो । बुधबारको आदेशपछि दलहरूले आज तालाबन्दी खोलेका थिए । दलहरूले तालाबन्दी खोलेसँगै खानेपानीको काउन्टरहरूमा विद्यार्थी समूहले बिहीबार फेरि तालाबन्दी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै