2026-06-16 09:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आफू फ्यानबाट बलात्कृत भएको भन्दै महाराजगन्ज वृत्तमा एक महिला कलाकारको जाहेरी

साउन २८, काठमाडौँ । एक महिला कलाकारले आफू फ्यानबाट बलात्कृत भएको भन्दै महाराजगन्ज वृत्तमा जाहेरी दिएकी छिन् ।

कानुनअनुसार नाम गोप्य राखेर सांकेतिक नाम ‘महाराजगन्ज ७ (२०८०\८१)’ दिइएको कलाकारलाई धादिङका अमित श्रेष्ठले जबरजस्ती करणी गरेको भन्दै जाहेरी परेको हो । पीडक भनिएका फ्यान फरार रहेको भन्दै सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा मुद्दा दायर गरेको छ ।

सुरुमा फ्यानले लगातार भेटघाट र संवादद्वारा कलाकारलाई प्रभावित बनाएका थिए । उनीहरूबीचको सम्पर्कले कलाकारलाई सुरुवातमा न्यानोपन र समर्थनको आभास दिलायो, तर पछि फ्यानको व्यवहारमा परिवर्तन देखा पर्‍यो ।

कलाकार ‘महाराजगन्ज ७ (२०८०\ ८१) ले अमितले आफूलाई फकाएर बलात्कार गरेको जाहेरीमा लेखेकी छिन् । उनका अनुसार, अमितले आफ्नो कला र प्रतिभाको अत्यधिक प्रशंसा गर्दै आफ्नो नजिकको साथी बनेका थिए । विभिन्न अवसरमा आफ्नो गुणगान गाउँदै फकाएको र आफ्नो विश्वास जित्न सफल भएको बताएकी छिन् ।

आफूहरूको पहिलो भेट २०७९ फागुनमा भएको उल्लेख छ । त्यसयतादेखि नै उक्त फ्यानले कलाकारसँग घनिष्ठता बढाउने प्रयास गरेको भनिएको छ । फ्यानले आफूलाई २०८० जेठ १० गतेदेखि टोखामा फ्याट भाडामा लिएर राखेको बताएकी छिन् । २०८० साउन १५ गते राति आफूमाथि जबरजस्ती करणी भएको ती कलाकारले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ