2026-09-22 05:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धादिङबाट हराएका तीन बालिका बागलुङमा भेटिए

साउन २९, काठमाडौं | धादिङबेशीबाट गत बुधबारदेखि सम्पर्कविहीन भएका तीनजना बालिका बाग्लुङमा भेटिएका छन् । नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका कक्षा ९ मा पढ्दै गरेका रोशनी विक, सुशीला तामाङ र अस्मिता गुरुङ बाग्लुङमा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । 

‘भोलि बिहानसम्म उनीहरू जिल्लामा आइसक्छन्। बालिकाहरू किन र कसरी त्यहाँ पुगे त्यस विषयमा उनीहरू जिल्ला आएपछि थाहा हुन्छ,’उनले भने।

धादिङको सदरमुकाम धादिङबेशीस्थित निलकण्ठ माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विक गत बुधबार बिहान विद्यालय जान्छु भनी डिँडेकी थिइन् । रोशनी बेलुका घर नफर्किएपछि परिवारले सोधीखोजी सुरू गर्यो । रोशनीका विषयमा सोधीखोजी गर्दा उनीसँगै अन्य दुई बालिका पनि बेपत्ता भएको खुल्यो । तीनैजान कक्षा ९ मा अध्ययनरत हुन्।

हराइरहेका किशोरीमध्ये तामाङका बुवा तीर्थ तामाङ साउदीमा प्लास्टिक कम्पनीमा कार्यरत छन्। सुशीला हराएपछि उनको परिवार मर्माहत भएको थियो  भने विदेशमा रहेका तीर्थ पनि तनावमा परेका छन् । 

त्यस्तै, विकका बुवा विष्णु विक पनि वैदेशिक रोजगारीका क्रममा दुवईमा रहेका उनी हालै मात्रै घर आएका थिए । दुई महिनाको विदामा आएका उनी केही दिनपछि मात्रै दुबई फर्किने तयारीमा थिए । तर, अचानक छोरी हराएपछि  विष्णु पनि विछिप्त बनेका छन् । 

त्यस्तै  गुरुङका बुवा पनि वैदेशिक रोजगारीमा साउदी अरबमै छन् । छोरी हराएको खबरले अस्मिताका बुवा पनि चिन्तित रहेको परिवारका अन्य सदस्य बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल