2026-06-16 09:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मनसुनको २ महिना : गतवर्ष ७२ को मृत्यु हुँदा यसवर्ष १७० जनाले गुमाए ज्यान

२०८१ श्रावण २९, मंगलवार

साउन २९, काठमाडौं | नेपालमा मनसुनपछिको पछिल्लो ६० दिनको अवस्था प्रतिवेदनले गत वर्षभन्दा धेरै मानवीय क्षति भएको देखाएको छ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष दोब्बर बढी मानवीय क्षति भएको छ। 

गएको जेठ २८ देखि साउन २४ सम्मको ६० दिनमा मनसुनजन्य विपद्मा १७० जनाको मृत्यु, ४४ जना बेपत्ता र १९५ जना घाइते भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ। गत वर्षको सोही अवधिमा ७२ जनाको मृत्यु, २८ जना बेपत्ता, १०० जना घाइते भएका प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले बताए।

प्रभावित परिवार भने गत वर्ष भन्दा यसवर्ष कम भएका पाइएको छ । गत वर्ष विपद् प्रभावित परिवार ५ हजार ७८१ रहेकामा यसवर्षको मनसुनजन्य विपद्बाट प्रभावित परिवारको संख्या २ हजार ९९८ रहेको पनि प्राधिकरणले जनाएको छ। 

मनसुनजन्य विपद्ले सबैभन्दा धेरै गण्डकी प्रदेशमा ५४ जनाको मृत्यु र सबैभन्दा कम मधेस प्रदेशमा तीन जनाको मृत्यु भएको पनि प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। 

असार २८ गते चितवनको भरतपुर महानगरपालिकाको सिमलतालमा गेग्रयान बहाबमा परी दुई बसका ६२ जना यात्रु त्रिसुली नदीमा बेपत्ता भएकामा २४ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। यस्तै कञ्चनपुरको चाँदनी दोधारामा ऐतिहासिक वर्षा भई जल मापनको ७७ वर्षको इतिहासमा सबैभन्दा धेरै ६२४ मिलिमिटर वर्षा भएको पनि जनाइएको छ। 

पूर्वतयारी, खोज उद्धार तथा सूचना प्रवाहमा समन्वयात्मक रुपमा काम भएको प्राधिकरणका कर्याकारी प्रमुख अनिल पोखरेलले बताए। यसवर्ष औषत भन्दा बढी पर्ने आँकलन अनुसार नै वर्ष भएको पनि प्रतिवेदनमा उल्लेख छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते