पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>साउन ३०, काठमाडौं । </b>पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। मंगलबार रातिदेखिको वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।<br></p><p>यस्तै इच्छाकामना गाउँपालिका-३ कै चुम्लिङटारमा ढुंगा खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको प्रहरीको भनाइ छ।</p><p>पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ।</p>

