2026-09-22 05:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हसिनाका छोरा भन्छन्– बंगलादेशमा ९० दिनभित्र चुनाव हुने सुनिश्चित भारतले गर्नुपर्छ

साउन ३०, काठमाडौँ । अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजेद जोयले बंगलादेशमा संविधानअनुसार ९० दिनभित्र निर्वाचन गराउन भारतलाई नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेका छन् । मंगलबार ‘द इन्डियन एक्सप्रेस’लाई दिएको अन्तर्वार्तामा जोयले बंगलादेशको संविधानको पालना गर्दै तोकिएको समयभित्र निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन् ।

“मलाई आशा छ, भारतले ९० दिनको संवैधानिक समयसीमाभित्र चुनाव गराउन भूमिका खेल्ने छ । र, अवामी लिगलाई प्रचार गर्न र पुनर्गठन गर्न अनुमति दिने विषयको सुनिश्चित गर्ने छ । यदि यो सुनिश्चित भयो भने म अझै पनि विश्वस्त छु कि हामी चुनाव जित्ने छौँ । हामी अझै पनि सबैभन्दा लोकप्रिय पार्टी हौँ,” जोयले अन्तर्वार्तामा भनेका छन् ।

उनले विद्यार्थी आन्दोलनलाई सरकारले राम्ररी व्यवस्थापन गर्न नसक्दा राजनीतिक अस्थिरता बढेको पनि स्वीकार गरे । उनले सरकारले सुरुमा नै आन्दोलनकारीहरूसँग संवाद गरेर विवादित कोटाविरुद्ध बोल्नुपर्ने तर त्यसो हुन नसकेको बताए ।

“मलाई लाग्छ, हाम्रो सरकारले कोटाको विरुद्धमा बोलेर अदालतमा निर्भर रहनुको सट्टा सुरुमा नै आन्दोलनकारीहरूसँग भेट गर्नुपर्थ्यो । सरकारले कोटा घटाउन सर्वोच्च अदालतमा पुनरावेदन दायर गर्‍यो । मैले सार्वजनिकरूपमै हामीले कोटाविरुद्ध बोल्नुपर्छ भनेको थिएँ । तर, हाम्रो सरकारले त्यो कदम चालेन,” उनले भनेका छन् ।

उनले विरोध प्रदर्शनमा विदेशी खुफिया एजेन्सीहरूको संलग्नता हुन सक्ने आरोप पनि लगाएका छन् । 

“धेरै प्रदर्शनकारीहरू हतियारसहित देखिएका छन्, जबकि बंगलादेशमा हतियार पाउन धेरै गाह्रो छ । किनकि पछिल्लो १५ वर्षमा हामीले विद्रोहलाई नियन्त्रणमा राखेका छौँ । प्रदर्शनकारीहरूलाई हतियार आपूर्ति गर्न सक्ने एकमात्र संगठन विदेशी गुप्तचर निकाय हुन सक्छ,” उनले भनेका छन् ।

जोयले अगस्ट ५ मा उनकी आमा शेख हसिनाले बंगलादेश छोड्नुअघि भएका घटनाहरूलाई स्मरण गर्दै सुरुमा हसिनाको देश छोड्ने कुनै मनसाय नभएको दाबी गरेका छन् ।

ढाका ट्रिब्युनबाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी