७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हसिनाका छोरा भन्छन्– बंगलादेशमा ९० दिनभित्र चुनाव हुने सुनिश्चित भारतले गर्नुपर्छ

३० श्रावण २०८१, बुधबार ११:१२

साउन ३०, काठमाडौँ । अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजेद जोयले बंगलादेशमा संविधानअनुसार ९० दिनभित्र निर्वाचन गराउन भारतलाई नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेका छन् । मंगलबार 'द इन्डियन एक्सप्रेस'लाई दिएको अन्तर्वार्तामा जोयले बंगलादेशको संविधानको पालना गर्दै तोकिएको समयभित्र निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन् ।

"मलाई आशा छ, भारतले ९० दिनको संवैधानिक समयसीमाभित्र चुनाव गराउन भूमिका खेल्ने छ । र, अवामी लिगलाई प्रचार गर्न र पुनर्गठन गर्न अनुमति दिने विषयको सुनिश्चित गर्ने छ । यदि यो सुनिश्चित भयो भने म अझै पनि विश्वस्त छु कि हामी चुनाव जित्ने छौँ । हामी अझै पनि सबैभन्दा लोकप्रिय पार्टी हौँ," जोयले अन्तर्वार्तामा भनेका छन् ।


उनले विद्यार्थी आन्दोलनलाई सरकारले राम्ररी व्यवस्थापन गर्न नसक्दा राजनीतिक अस्थिरता बढेको पनि स्वीकार गरे । उनले सरकारले सुरुमा नै आन्दोलनकारीहरूसँग संवाद गरेर विवादित कोटाविरुद्ध बोल्नुपर्ने तर त्यसो हुन नसकेको बताए ।

"मलाई लाग्छ, हाम्रो सरकारले कोटाको विरुद्धमा बोलेर अदालतमा निर्भर रहनुको सट्टा सुरुमा नै आन्दोलनकारीहरूसँग भेट गर्नुपर्थ्यो । सरकारले कोटा घटाउन सर्वोच्च अदालतमा पुनरावेदन दायर गर्‍यो । मैले सार्वजनिकरूपमै हामीले कोटाविरुद्ध बोल्नुपर्छ भनेको थिएँ । तर, हाम्रो सरकारले त्यो कदम चालेन," उनले भनेका छन् ।

उनले विरोध प्रदर्शनमा विदेशी खुफिया एजेन्सीहरूको संलग्नता हुन सक्ने आरोप पनि लगाएका छन् । 

“धेरै प्रदर्शनकारीहरू हतियारसहित देखिएका छन्, जबकि बंगलादेशमा हतियार पाउन धेरै गाह्रो छ । किनकि पछिल्लो १५ वर्षमा हामीले विद्रोहलाई नियन्त्रणमा राखेका छौँ । प्रदर्शनकारीहरूलाई हतियार आपूर्ति गर्न सक्ने एकमात्र संगठन विदेशी गुप्तचर निकाय हुन सक्छ,” उनले भनेका छन् ।

जोयले अगस्ट ५ मा उनकी आमा शेख हसिनाले बंगलादेश छोड्नुअघि भएका घटनाहरूलाई स्मरण गर्दै सुरुमा हसिनाको देश छोड्ने कुनै मनसाय नभएको दाबी गरेका छन् ।

ढाका ट्रिब्युनबाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘कलाका सबै विधाको विकास गर्ने प्रतिष्ठानको लक्ष्य’ सुर्खेत जाँदै गरेको बस म्याग्देमा दुर्घटना हुँदा २५ जना घाइते कर्णालीमा प्रभावकारी बन्दै ‘छोरी–बुहारी छात्रवृत्ति’ कार्यक्रम निःशुल्क पशु स्वास्थ्य शिविर : एक हजार बढी लाभान्वित पर्सामा अवैध चोरी तस्करी रोक्न ‘सिसी क्यामेरा’ जडान काठमाडौँको तीनकुनेमा महिला झुण्डिएको अवस्थामा मृत फेला विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा गभर्नर बनाउन ३ जनाको नाम सिफारिसमा,पहिलो नाम विश्व पौडेलको संवैधानिक परिषद्लाई अनिर्णयको बन्दी बनाउन हुँदैन : मन्त्री गुरुङ सुत्केरी व्‍यथाले छट्पटिएकी एक महिलालाई प्रहरीले गर्यो उद्धार डब्लुएचओद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा गभर्नर नियुक्ति गर्न सरकारलाई सहज,पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर ‘विकासशील राष्ट्रमा गरिबी अन्त्य चुनौतिपूर्ण’ भारतले पाकिस्तानसँग सीमा समारोह पुनः सुरु गर्ने गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त ‘हेराफेरी ३’मा कामगर्न अस्वीकार गरेपछि परेश रावल विरुद्ध मुद्दा, २५ करोड रुपैयाँ माग सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : उपमहासचिव पुन सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो