२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल दुर्घटनामा छ जना घाइते

२०७३, १६ कार्तिक मंगलवार ०२:५२

कात्तिक १६, कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत गएराति नवलपरासीको छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा छ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

नवलपरासीको देवचुली—१४ मा गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टँदा सोही ठाउँमा २४ वर्षीय ज्ञानबहादुर थापालाई गम्भीर चोट लागेर उपचारका लागि चितवनको भरतपुर लगिएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

त्यस्तै गैँडाकोट नगरपालिकाको बेल्डिया पुलमा बा४८प ४७७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा देवचुली—४ का जङ्गबहादुर थापामगर र सोही ठाउँमा रमेश भुसाल गम्भीर घाइते भएका छन् । उनीहरुको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । 

देवचुली नगरपालिकाको हमाल चोकमा स्कुटरले साइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । ना४२प २६३६ को स्कुटरले साइकल यात्रीलाई ठक्कर दिँदा स्कुटरमा सवार कावासोती ८ का २३ वर्षका प्रदिप भण्डारी र विकास शर्मा तथा साइकल यात्री घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार