२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल दुर्घटनामा छ जना घाइते

१६ कार्तिक २०७३, मंगलवार ०२:५२

कात्तिक १६, कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत गएराति नवलपरासीको छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा छ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

नवलपरासीको देवचुली—१४ मा गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टँदा सोही ठाउँमा २४ वर्षीय ज्ञानबहादुर थापालाई गम्भीर चोट लागेर उपचारका लागि चितवनको भरतपुर लगिएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

त्यस्तै गैँडाकोट नगरपालिकाको बेल्डिया पुलमा बा४८प ४७७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा देवचुली—४ का जङ्गबहादुर थापामगर र सोही ठाउँमा रमेश भुसाल गम्भीर घाइते भएका छन् । उनीहरुको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । 

देवचुली नगरपालिकाको हमाल चोकमा स्कुटरले साइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । ना४२प २६३६ को स्कुटरले साइकल यात्रीलाई ठक्कर दिँदा स्कुटरमा सवार कावासोती ८ का २३ वर्षका प्रदिप भण्डारी र विकास शर्मा तथा साइकल यात्री घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य