2026-06-16 07:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुलीमा बोलेरो दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ११ घाइते

२०८१ श्रावण ३१, बिहीवार

साउन ३१, सिन्धुली | सिन्धुलीमा आज बिहान बोलेरो दुर्घटनामा ज्यान गुमाउने २ जनाको पहिचान खुलेको छ। 

दुर्घटनामा सिन्धुलीकै गोलन्जोर गाउँपालिका- ६ निवासी करिब ४० वर्षीय पृथ्वी भुजेल र ४२ वर्षीय उदय मगरकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेले जानकारी दिए। 


सिन्धुलीकै तीनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो बिहीबार बिहान ९:२० बजे वीपी राजमार्गमा पर्ने कमलामाई नगरपालिका- ४ मा सडकबाट तल खसेर दुर्घटना भएको हो।

‘घाइते ११ जनामध्ये तीन जनाको अवस्था गम्भीर छ,’ एसपी काफ्लेले  भने, ‘गम्भीर अवस्थाका बोलेरो चालक टीकाराम राईलाई थप उपचारको लागि धुलिखेल अस्पताल पठाएका छौँ।’

गम्भीर घाइते हिमाल परियार र पवन मस्रांगीलाई पनि धुलिखेल पठाउने तयारी भइरहेको उनले बताए। बाँकी ९ जना घाइतेको अवस्था भने सामान्य रहेको एसपी काफ्लेले जानकारी दिए। 

घाइतेमध्ये धेरैको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइते अधिकांश गाेलन्जाेरकै स्थानीय बासिन्दा हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते