2026-09-22 04:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जीबी राईमाथि अनुसन्धान गर्न प्रहरीलाई मलेसिया पठाउने तयारी

साउन ३१, काठमाडौं | सहकारी ठगीमा फरार गितेन्द्रबाबु राई (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको एक टीमलाई मलेसिया पठाउने तयारी गरिएको छ ।

मलेसियामा रहेका राईलाई नेपाल फिर्ता ल्याउन नसकिएपछि नेपाल प्रहरीले दुई सदस्य प्रहरीको अनुसन्धान टोलीलाई मलेसिया पठाउन गृह मन्त्रालयमार्फत पहल थालिएको हो । त्यसका लागि गृहमन्त्रालयले कुटनीतिक पहल थालेको छ ।

गृहले परराष्ट्र मन्त्रालयमार्फत नेपालको प्रहरी टोलीलाई मलेसियामा गएर अनुसन्धान गर्न त्यहाँको सरकारसँग पहल गर्नुपर्ने छ । राईविरुद्ध यसअघि इन्टर पोलबाट रेड कर्नर नोटिस जारी भएपनि नेपाल सरकारले उनलाई फिर्ता ल्याउन सकेको छैन ।

प्रहरी प्रधान कार्यालयले अनुसन्धान टोलीलाई मलेसिया पठाएर अनुसन्धान गर्न तीन महिनाअघि नै पहल गरेको थियो । तर, सरकार परिवर्तनले यो प्रकृया बीचमै रोकियो । केपी ओली सरकार आएपछि प्रहरी प्रधान कार्यालयले गृहमार्फत पुन: पहल गरेको हो । नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले तीन महिनाअगाडिकै कुरा अहिले अगाडि बढेको बताए ।

‘हामीले तीन महिनाअघि पत्राचार गरेका थियौँ । त्यो अहिले अगाडि बढेको हो’, उनले भने ।

राई मलेसियामा व्यवस्थितरूपमा बसिरहेको निष्कर्ष नेपाल प्रहरीको छ । मलेसिया सरकारले राईलाई नेपाललाई बुझाउन मानेको छैन । राई सुदर्शन सहकारीका सञ्चालक हुन् । ग्यालेक्सी टीभी सञ्चालक रहेको गोर्खा मिडियाको पनि अध्यक्ष उनी हुन् ।

सहकारीको रकम गोर्खा मिडियाले प्रयोग गरेको देखिएपछि रवि लामिछाने पनि अनुसन्धानको घेरामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी