Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 16, 2024 समाज

डोटीमा बस दुर्घटना हुँदा १६ जना घाइते, बिवरण आउन बाँकी

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन ३२, धनगढी । </b>डोटीमा बस दुर्घटना भएको छ । कैलालीको धनगढीबाट डोटीको दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका-४ समुहगाडमा आज बिहान ४ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।<br></p><p>बसमा सवार १४ जना पुरुष र २ जना महिला घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको सुजङ् अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप बिवरण आउन बाँकी रहेको डोटी प्रहरीले जनाएको छ ।</p>