2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गत वर्ष अन्तिम पटकको लागि भन्दै सय जना कामदार नपठाउने मेनपावरको नवीकरण यसवर्ष फेरी गर्ने सरकारको निर्णय

साउन ३२, काठमाडौँ । सरकारले लगातार दुई वर्षसम्म वार्षिक १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावर व्यवसायीको नवीकरण गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउ मार्फत उनीहरूको नवीकरण गर्ने निर्णय गरेको हो। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अवस्था हेरेर उनीहरूको नवीकरण गर्ने निर्णय गरेको बताए। संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा बोल्दै उनीहरूको नवीकरण गर्ने निर्णय गरेको बताए। यसअघि गत वर्ष अन्तिम पटकको लागि भनेर बाधा अड्काउ मार्फत नै नवीकरण गर्ने निर्णय गरेको थियो। 


अन्तिम पटक भनिएकोमा यो पटक समेत मन्त्रिपरिषद् बैठकले नवीकरण गर्ने निर्णय गरेको हो। यो पटक भने नवीकरण गर्दा उनीहरूमाथि आवश्यक अनुसन्धान गरेर मात्रै गरिने मन्त्री भण्डारीले बताए। 

‘गत वर्ष नै अन्तिम पटक भनेर बाधा अड्काउमार्फत फुकुवा गरेको थियो। तर यो पटक पनि त्यही समस्या देखियो। २ वर्षसम्म एक जना पनि विदेश पठाउन सक्दैनन् भने के गरेर बस्छन् ?,’

मन्त्री भण्डारीले प्रश्न गरे, ‘यसले शङ्कास्पद स्थिति सिर्जना गरेको छ। यसमा हामी हेरेर मात्रै नवीकरण गर्छौ। उनीहरूले किन पठाउन सकेनन् त्यो हेरेर मात्रै गर्छौ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते