2026-07-27 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुमा हिम पहिरोपछि बाढी : ३ वटा घर र एउटा छात्रावास बगायो

साउन ३२,  काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे भन्ने ठाउँमा गएको हिमपहिरोमा परेर ३ वटा र एउटा छात्रावास बगाएको छ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) देवी पाण्डे (खत्री)ले ३ वटा घर र एउटा छात्रावास बगाएको खबर आएको जानकारी दिइन्। 

उनका अनुसार, त्यहाँ प्रहरीको टोली पुग्ने क्रम जारी छ। अहिलेसम्म त्यहाँकै नजिक रहेका १० जना नेपाली सेनाको टोली पुगेर उद्धारको कार्य भइरहेको छ। 

‘३ वटा घर र एउटा छात्रावास बगाएको खबर आएको छ,’ सीडीओ पाण्डेले भनिन्, ‘अन्य ४ वटा घर पनि बगाउने क्रममा छ। निकै ठूलो क्षति पुगेको ब्रिफिङ त्यहाँबाट भएको छ।’

सदरमुकाम सल्लेरीबाट उक्त घटना घटेको ठाउँ पुग्न पैदल हिँडेर कम्तिमा पनि ४/५ दिन लाग्ने उनले बताइन्। 

‘हामी उद्धारका लागि हेलिकप्टर तयार पारेर बसेका छौँ, तर मौसमका कारण हेलिकप्टर पनि पठाउन सकिएको छैन,’ सदरमुकाम सल्लेरीबाट टेलिफोनमा उनले भनिन्।

उनले कुन ठाउँमा पहिरो आएको हो भन्ने अहिलेसम्म यकिन हुन नसकेको बताइन्। ‘ठूलो वर्षा माथि माथि क्षेत्रमा अझै भएकाले कुन ठाउँमा पहिरो गयो भन्ने पनि पत्ता लगाउन सकेका छैनौँ,ँ उनले भनिन्।

उक्त हिमपहिरोपछि आएको बाढीका कारण दूधकोसी नदीमा ठूलो बाढी आएको छ। दूधकोसी नदी सोलुखुम्बु र खोटाङको सिमा भएर बग्ने नदी हो।

खुम्बु पासाङ ल्हामु, माप्य दूधकोसी गाउँपालिका, सोताङ, थुलुङ दूधकोसी र नेचा सल्यान गाउँपालिका लगायतका नदी किनारका क्षेत्रमा क्षति पुग्नसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ