2026-07-27 07:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालगञ्जमा भएको ‘खुकुरी काण्ड’मा वडाध्यक्षसहित चार जना पक्राउ

भदौ २, काठमाडौँ । गएराति नेपालगञ्जमा भएको ‘खुकुरी काण्ड’मा राप्तीसोनारी गाउँपालिका- २ का वडाध्यक्ष ज्ञानबहादुर वलीसहित चार जना पक्राउ परेका छन्।

एमालेसम्बद्ध युवा संघका जिल्ला अध्यक्षसमेत रहेका वलीलगायत विशाल बस्नेत, रत्न भण्डारी र बामे वलीलाई प्रहरीले पक्राउ गरेको हो।

गएराति करिब साढे आठ बजे राप्तीसोनारीको विनौनामा वलीको समूहले सन्दिप विष्ट र सुलभ मल्ललाई खुकुरी हानेको बाँके प्रहरीको जनाएको छ। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका विष्ट र मल्ललाई थप उपचारका लागि भारतको लखनऊ लगिएको छ।

स्रोतका अनुसार वली समूहको समिर विष्ट समूहसँग लामो समयदेखि रिसिइबी थियो। अहिले वली समूहले खुकुरी हानेका सन्दिप समिरका भाइ हुन्। पहिले वली र समिर एउटै समूहमा थिए। समिर छुट्टिएपछि दुईका बीचमा दुश्मनी भएको थियो। केही महिना अघि युवा संघले बाँकेको कम्दीमा कार्यक्रम गरेर फर्किने क्रममा विष्टको समूहले ढुंगा हानेको युवाले आरोप लगाएर केही दिन आन्दोलन नै गरेको थियो।

एउटै समूहमा रहेका वली र समिर छुट्टिएपछि उनीहरूबीच टकराब बढेको हो। एमालेमा रहेका समिर वली समूहबाट छुट्टिएपछि कांग्रेसतर्फ लागेको बताइएको छ।

एमालेको नेपालगञ्जमा भएको एउटा कार्यक्रममा डन चक्रे मिलन आउँदा वलीलगायतका युवा उनको वरिपरी देखिएका थिए। लफडा गर्नेहरू नदीजन्य पदार्थको कारोबारमा संलग्न रहेको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ