Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 18, 2024 समाज

वामदेवको गुनासो- मैले प्रधानमन्त्री ओलीसँग भेट्ने समय पाइनँ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २, काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न समय नपाएको गुनासो गरेका छन् ।

आइतबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै गौतमले देश र जनताका विषयमा कुरा गर्न आफूले प्रधानमन्त्रीसँग भेट गर्न खोजे पनि समय नपाएको गुनासो गरे ।

सरकारका प्रमुखसँग कुरा गर्दा हुने विषयमा प्रधानमन्त्रीसँग भेट गर्न समय नपाएकाले राष्ट्रियसभालाई गुहारेर धारणा राखेको उनले बताए ।

गौतमले नेपालको भौगोलिक बनावटका कारण प्राकृतिक प्रकोपका घटना धेरै हुने गरेको उल्लेख गरे ।

प्राकृतिक प्रकोपका घटना हुनुभन्दा पहिले नै गर्नुपर्ने कामबारे दलका नेताहरूको ध्यान जान नसकेको उनले बताएका छन् ।

गौतमले स्थायी रुपमा पहिरोबाट हुने क्षति रोक्न जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउन इजरायलको प्रविधि भित्राउनुपर्नेमा जोड दिए।

गौतमले यसका लागि तत्कालै परराष्ट्रमन्त्री वा प्रधानमन्त्रीले इजरायलका राजदूतसँग छलफल सुरु गर्नुपर्ने सुझाव दिएका छन् ।

उनले नेपाली जनताको सुरक्षाका साथै विकास र समृद्धिका लागि पनि उक्त प्रविधि आवश्यक रहेको उल्लेख गरेका छन् ।