Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 19, 2024 समाज

सुनसरीमा टाउको छिनाएको अवस्थामा शव फेला

By साझासवाल 2 मिनेट पढाइ

<p><b>भदौ ३,&nbsp; काठमाडौँ ।</b> सुनसरीको गढी गाउँपालिकामा टाउको छिनाएको अवस्थामा शव फेला परेको छ। गढी गाउँपालिका– ६ मा बस्दै आएका&nbsp; ५० वर्षीय ज्ञानसन ऋषिदेवको टाउको छिनाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।<br></p><p>गढी– २ थलाहास्थित बालुवा र सिमेन्टको रिङ बनाउने उद्योगमा सोमबार बिहान शव फेला परेको हो। घटनाको सूचना पाएपछि कुकुरसहित खटिएको प्रहरी टोलीले ऋषिदेवको शवको टाउको घटनास्थलदेखि ५० मिटर उत्तर–पश्चिम गुजाइटोकीमा फेला पारेको थियो।&nbsp;</p><p>शव र टाउको अलग–अलग फेला परेकाले उनको घाँटी रेटेर हत्या भएको देखिएको सुनसरीका एसपी विपिन रेग्मीले बताए। हत्या गरिएका ऋषिदेव बालुवा र सिमेन्टको रिङ बनाउने काम गर्दै आएका थिए।</p>