2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चर्चित साउथ स्टार मोहनलालको स्वास्थ्यमा समस्या

एजेन्सी | चर्चित दक्षिण भारतीय अभिनेता मोहनलालको स्वास्थ्यमा समस्या आएको छ। दृश्यम–फुटबल र देवदूतम जस्ता फिल्म खेलिसकेका मोहनलालको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ।

रिपोर्टका अनुसार ६४ वर्षीय मलयालम अभिनेतालाई केही दिनदेखि सास फेर्न समस्या भएको थियो, त्यसपछि उनलाई तुरुन्तै कोच्चिको अस्पतालमा लगिएको थियो। त्यहाँ उनको उपचार गरिएको थियो।

यो खबर सुनेपछि उनका फ्यानहरु निकै चिन्तित भएका छन्। उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।


समाचार एजेन्सी एएनआईका अनुसार अस्पतालले एक विज्ञप्ति जारी गरी अभिनेताको स्वास्थ्यको बारेमा जानकारी दिएको छ। अमृता अस्पतालले एक आधिकारिक विज्ञप्ति जारी गर्दै उनलाई ‘भाइरल रेस्पिरेटरी इन्फेक्सन’ भएको उल्लेख गरेको छ।

‘भाइरल रेस्पिरेटरी इन्फेक्सन’ ६४ वर्षीय मोहनलालको परीक्षण गरिएको छ। उहाँलाई उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र मांसपेशी दुख्ने, भाइरल श्वासप्रश्वासको सङ्क्रमणको लक्षण रहेको छ’ विज्ञप्तिमा जनाइएको छ।

उनलाई पाँच दिनसम्म भीडभाड भएको ठाउँमा नजान र आराम गर्न भनिएको छ। उनी घरमै छन् वा अझै अस्पतालमा भर्ना छन् भन्नेबारे केही खुलाइएको छैन ।

मलयालम सुपरस्टार मोहनलालले आजसम्म आफ्नो अभिनयले फ्यानहरूको मन जितेका छन्, तर अब उनी आफ्नो काँधमा अर्को जिम्मेवारी लिन तयार छन्।

मोहनलाल फिल्म ‘ब्यारोज’ बाट निर्देशनको डेब्यु गर्दैछन्।

सन् २०१९ मा उनले आफ्नो फिल्म घोषणा गरेका थिए, जुन यही वर्ष ३ अक्टोबर २०२४ मा सिनेमाघरमा रिलिज हुँदैछ।

चलचित्र निर्देशनसँगै उनले अभिनय पनि गरिरहेकी छन्। यसका साथै उनले आफ्नो फिल्म ‘एल२स् इम्पुरान’ को सुटिङ पनि पूरा गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते