२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकको तिपेनीमा पहिरोले इन्द्रावती थुनियो, स्थानीयलाई सतर्क रहन आग्रह

२०८१, ३ भाद्र सोमबार ११:२६

भदौ ३,  काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल–७ तिपेनीमा सुख्खा पहिरोले इन्द्रावती नदी थुनिएको छ।

तिपेनीस्थित क्षेत्रीय अस्पतालको माथिल्लो भागबाट खसेको सुख्खा पहिरोले नदी थुनिएको नेपाली सेनाले जनाएको छ।

पहिरोका कारण थुनिएको नदी एक्कासी खोलिएमा बाढी आउन सक्ने भन्दै सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।


जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचना जारी गरी पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं.७, ८ तथा मेलम्ची नगरपालिका वडा नं. ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

पहिरोका कारण जोखिममा परेका स्थानीयबासी एवम् उनीहरुका सामग्री तथा अस्पतालका सामग्रीहररू सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यका लागि ईन्द्रध्वज गणबाट फौज खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस