२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यी हुन् सबैभन्दा धेरै बच्चा जन्माउने ४३ वर्षीय महिला, १५ पटक गर्भधारण, ४४ सन्तान

२०८१, ४ भाद्र मंगलवार ११:१४

भदौ ४, काठमाडौँ । कुनै पनि विवाहित महिलाका लागि आमा बन्नु उनको जीवनको सबैभन्दा सुखद अनुभूति मानिन्छ । अत्यधिक पीडा सहेर उनले आफ्नो बच्चालाई जन्म दिन्छिन् । तर जब तपाई युगाण्डाकी एक महिलाको बारेमा थाहा पाउनुहुन्छ, तब तपाई पक्कै भन्नुहुनेछ कि बच्चा जन्माउनु सबैको लागि साँच्चै नै सुखद अनुभूति नहुन सक्छ ।

यस्तो किन भनिएको हो भने यी महिलाले एक, दुई जना होइन जम्माजम्मी ४४ जना बच्चा जन्माएकी छिन् । तर अनौठो के भने उनी जम्मा १५ पटक मात्र गर्भवती भएकी छिन्। यति मात्र होइन, यी महिलालाई उनको श्रीमानले पनि छोडेका छन् । अब ४३ वर्षकी यी महिला अहिले एक्लै बस्छिन् र आफ्ना बच्चाहरूलाई पालन पोषण गरिरहेकी छिन् । यद्यपि ४४ मध्ये ६ जना बच्चाहरूको मृत्यु भइसकेको छ ।


हाल जीवितै रहेका महिलामध्ये संसारमा सबैभन्दा धेरै बच्चा जन्माउने यी महिला अफ्रिकी देश युगाण्डाकी नागरिक हुन् । उनको नाम मरियम नाबान्तान्जी हो, जसलाई मामा युगाण्डा भनेर पनि चिनिन्छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डस्का अनुसार विश्वमा सबैभन्दा धेरै बच्चा जन्माउने महिला रुसकी फियोडोर भेसिलेभ हो । कुल ६९ वटा बच्चा जन्माएकी फियोडोरको सन् १७८२ मा मृत्यु भैसकेको छ । त्यसैले मरियम नै हाल जीवित रहेकी सबैभन्दा धेरै बच्चा जन्माउने महिला हुन् ।

मरियमको जन्म २५ डिसेम्बर १९८० मा भएको थियो । उनलाई जन्म दिएको ३ दिनपछि नै उनकी आमाले उनी तथा उनका ५ दाईहरूलाई छाडेर गईन् । त्यसपछि मरियमको बुबाले दोस्रो विवाह गरे । सौतेनी आमाले खानामा विषाक्त पदार्थ मिलाएर खुवाएपछि उनका पाँचै दाजुहरुको मृत्यु भयो । त्यसबेला मरियम आफन्तको घरमा गएकी हुनाले बाँच्न सफल भइन् ।

तर उनलाई दुखले भने छाडेन । जब उनी १२ वर्षकी भइन्, उनको परिवारले बिहेको नाममा उनलाई बेचिदियो । अर्को वर्ष नै अर्थात् १३ वर्षको उमेरमै मरियमले पहिलो पटक बच्चालाई जन्म दिइन् । त्यसपछि मरियमले हालसम्म लगालग गरी कुल ४४ बच्चा जन्माइन् । उनले जन्माएकामध्ये ६ जना बच्चाको मृत्यु भइसकेको छ । अहिले जीवित रहेका ३८ बच्चामध्ये २० छोरा र १८ छोरीहरू छन् ।

मामा युगाण्डाको नामले विश्वभर चर्चित मरियमकी सबैभन्दा ठूली छोरीको उमेर ३१ वर्ष छ भने सबैभन्दा सानो बच्चा ६ वर्षको भएको छ । मरियम ४० वर्षको उमेरसम्म गर्भवती भइरहिन् र ४४ औँ बच्चालाई जन्म दिइन् ।

केही वर्षअघि मरियमको जीवनमा अर्को बज्रपात भयो । उनका पति घरबाट सम्पूर्ण पैसा लिएर भागे, जसले गर्दा परिवारको जिम्मेवारी मरियमकै काँधमा आयो ।

४४ वटा बच्चा जन्माएकी मरियम जम्मा १५ पटक मात्रै गर्भवती भएको कुरा अनौठो लाग्नसक्छ । तर वास्तवमा उनले ५ पटक त ४–४ जना बच्चालाई जन्म दिइन् । त्यसपछि ५ पटक ३–३ वटा बच्चा जन्माइन्, र चार पटक जुम्ल्याहा बच्चालाई जन्म दिइन् । त्यस्तै, एक पटक उनले एउटा मात्रै बच्चा जन्माइन् ।

हरेकपटक प्रसुति हुँदा ३–४ वटा बच्चा किन जन्मिन्छन् होला ? भनेर थाहा पाउन मरियमलाई निकै समय लाग्यो । निकै चिन्ता लागेर उनी एकपटक डाक्टरलाई देखाउन गइन् । परीक्षण पश्चात पत्ता लाग्यो कि मरियमको अण्डाशय सामान्य महिलाहरूको तुलनामा धेरै ठूलो छ । उक्त दुर्लभ अवस्थालाई हाइपर ओभ्युलेसन भनिन्छ।

एकै गर्भमा धेरैवटा बच्चा नजन्माउने गराउनका लागि शल्यक्रिया पो गर्न सकिन्छ कि भनेर उनले सोधिन् । तर डाक्टरहरूले त्यो पनि सम्भव नभएको र त्यस्तो उपचारले पनि कुनै फरक नपर्ने बताए ।

चर्चित यूट्यूबर ड्रयू बिन्स्की (Drew Binsky)ले हालै युगाण्डाको भ्रमण गरेर मरियमको परिवारका बारेमा विस्तृत भिडियो तयार पारेका छन् । सो भिडियो युट्युबमा भाइरल बनेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस