Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 21, 2024 समाज

इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

भदौ ५, दाङ । दाङमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ।

तुलसीपुरमा इनार सफा गर्ने क्रममा निसासिएर अचेत भएका दुई जनालाई अस्पताल लैजाँदा मृत घोषित गरिएको हो।

उनीहरूलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको हो।

तर, त्यहाँ पुर्याउँदा उनीहरूको मृत्यु भएको अस्पतालले पुष्टी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

बुधबार बिहान १० बजे तुलसीपुर उपमहानगरपालिका १३ दमागाउँ बस्ने दुर्गा विकको इनार सफा गर्ने क्रममा तुलसीपुर उपमहानगरपालिका- १३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय याम बहादुर नेपालीको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुर र नेपाली सेना अम्बापुर बेस क्याम्पबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको थियो। मृतक दुवै जनाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।