२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

किशोरीले ईसेवामा पैसा सापटी माग्दा भेटेर नगदै दिने भन्दै भेट्न आएर सामूहिक बलात्कार

२०८१, ५ भाद्र बुधबार ०६:४४

भदौ ५, काठमाडौँ ।  झन्डै सात महिनाअघि फेसबुकबाट १७ वर्षीया रेश्मा राउत (नाम परिवर्तन) सँग कैलालीका २० वर्षीय पदम थापाको चिनजान भयो । चिनजानपछि उनीहरूबीच फोनमा नियमित कुरा भइरहन्थ्यो ।

गत ९ साउनमा किशोरीले पदमलाई फोनमा मेसेज पठाएर ईसेवामा एक हजार रुपैयाँ सापटी पठाइदिन अनुरोध गरिन् । पदम ‘म त्यहीँ आएर नगदै दिन्छु’ भन्दै किशोरीलाई उनी बस्ने ठाउँ बताउन लगाए ।

त्यतिबेला रातको १० बजेको थियो । पदमले नगदै दिने भनेपछि किशोरीले आफ्नो ठेगाना दिइन् । यता पदमले आफ्ना २३ वर्षीय दाइ हरि थापा र २२ वर्षीय सोम बिकलाई किशोरीले भेट्न बोलाएको कुरा सुनाए । उनले आफूसँग कुनै सवारी नभएकाले सोम बिकका साथी २३ वर्षीय केशव भण्डारीलाई बाइक मागिदिन अनुरोध गरे । त्यसपछि पदम थापा, सोम बिक, केशव भण्डारी र हरि थापा एउटा चोकमा जम्मा भए ।

चोकमा भेटिएपछि हरि थापाले अर्का साथी २४ वर्षीय बालकृष्ण जोशीलाई पनि बोलाए । उनीहरू पाँच जना भएर किशोरीले भनेको ठाउँतिर गए ।किशोरीले भनेको ठाउँ आउन थालेपछि पदम थापाले बाटो सोध्न किशोरीलाई कल गर्न खोजे, तर उनको मोबाइलमा ब्यालेन्स नभएपछि दाइ हरि थापाको नम्बरबाट किशोरीलाई फोन गरे ।


यता पदम थापाका दाइ हरि थापा, केशव भण्डारी र बालकृष्ण जोशी धनगढी विमानस्थल जाने सडकमा पर्ने झलारी चोकमा रोकिए । पदम थापा र सोम बिक बाइकमा राति साढे ११ बजेतिर किशोरीले भनेको ठाउँमा पुगे । 

पदमले किशोरीलाई भेट्नुअघि नै सोम बिकले आफू त्यता नजाने भने । त्यसपछि पदम एक्लै किशोरी कुरिरहेको ठाउँमा गए । उनीहरू कुरा गर्दा रातको साढे १ बजिसकेको थियो । त्यही बेला पदमले किशोरीलाई शारीरिक सम्बन्धको प्रस्ताव राखे । किशोरीले उनको प्रस्ताव ठाडै अस्वीकार गरिन् । तर, पदमले किशोरीको अनुमतिबिनै जबरजस्ती करणी गरे । 

त्यसको केही समयपछि उनीहरू फर्किन लागेका थिए । त्यही बेला पदमका अन्य साथीहरू हरि थापा, केशव भण्डारी र बालकृष्ण जोशी उनीहरूको बाटो ढुकेर बसिरहेका थिए । तीन जनामध्ये बालकृष्ण जोशीले किशोरीको हात समातेर आफूतिर ताने । र, जबरजस्ती करणी गरे ।

त्यसपछि उनका अन्य साथी हरि थापा र केशव भण्डारीले करणी गर्न खोज्दा किशोरी चर्को स्वरमा कराइन् । यसपछि पदम र सोम बिकले किशोरीलाई उनको कोठासम्म पुर्‍याइदिए । र, उनीहरू पाँचै युवक ओलानी चोकमा भेटी आ-आफ्नो घरतिर लागे । 

पीडित किशोरीका अनुसार उनीहरूले जबरजस्ती करणी गरेपछि धम्की दिएर मोबाइल पनि खोसेर लगेका थिए । पछि किशोरीले आफ्ना अभिभावकलाई सबै घटना सुनाएपछि उनका अभिभावकले जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिए । 

प्रहरीका अनुसार ती किशोरीको उमेर १७ वर्ष आठ महिना २५ दिन रहेको छ । हिजाे ४ भदौमा पाँच जना युवकविरुद्ध कैलाली जिल्ला अदालतमा सामूहिक जबरजस्ती करणीसम्बन्धी अभियोगपत्र दर्ता भएको छ । हाल २० वर्षीय पदम थापा पक्राउ परिसकेका छन् भने बाँकी चार जना फरार छन् । 

अभियोगपत्रमा प्रतिवादी पदम थापा र केशव भण्डारीले मुलुकी अपराध संहीता, २०७४ को दफा २१९ को उपदफा (१), (२) र (७) बमोजिमको कसुर गरेको तथ्य पुष्टि भएको उल्लेख छ । उनीहरूलाई उक्त कसुरमा सोही संहिताको दफा २१९(३) (घ) बमोजिम सजाय हुनका साथै सोही संहिताको दफा २१९ (७) बमोजिम सामूहिक जबरजस्ती करणीतर्फ थप सजाय हुन माग गरिएको छ ।

त्यस्तै  प्रतिवादी बालकृष्ण जोशी र हरि थापाले सोही संहिताको दफा २१९ को उपदफा (१) र (२) बमोजिम सजाय हुने कसुरको दफा ३४ (१) र (२) बमोजिम जबरजस्ती करणी उद्योगको कसुर गरेको अभियोगपत्रमा उल्लेख छ । उनीहरूलाई उक्त कसुरमा सोही संहिताको दफा ३४(३) बमोजिम सजाय हुन माग गरिएको छ ।

त्यस्तै प्रतिवादी सोम बिकले अन्य प्रतिवादीहरुलाई जबरजस्ती करणीको कसुर गर्न सहयोग गरी सोही संहिताको दफा २१९ को उपदफा (१) र (२) बमोजिम सजाय हुने कसुरको मतियार भई सोही संहिताको दफा ३६ (१) र (२) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएको अभियोगपत्रमा बताइएको छ । बिकलाई सोही संहिताको दफा ३६(३) (ख) बमोजिम सजाय गर्न माग गरिएको छ ।

त्यस्तै प्रतिवादी पदम थापा, केशव भण्डारी, हरी थापा, बालकृष्ण जोशी र सोम बिकबाट सोही संहिताको दफा २१९ (३क) (ख) बमोजिम जरिवाना गरी उक्त जरिवाना वापतको रकम पीडितलाई क्षतिपुर्ति वापत दिलाई भराई पाउन माग दाबी प्रस्तुत गरिएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ