३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दयाहाङ, सौगात र प्रदीप फिल्ममा एकसाथ देखिँदै, सोमबारदेखि छायांकन

६ भाद्र २०८१, बिहीबार ०७:३१

भदौ ६, काठमाडौँ । अभिनेताहरू दयाहाङ राई, सौगात मल्ल र प्रदीप खड्का फिल्ममा एकसाथ देखिने भएका छन्। 

कृषा चौलागाईँको निर्देशन रहने एक्सन–रिभेन्ज फिल्म 'पिताम्बर' मा यी अभिनेताहरू संगै देखिने भएका हुन्। यो दयाहाङ र प्रदीप साथै सौगात र प्रदीपको पनि पहिलो सहकार्य हुनेछ।


फिल्मको लामो समयदेखि तयारी चलिरहेको छ। 

फिल्ममा कलाकारहरूको लाइनअप बलियो बनेको छ। यसमा आर्यन सिग्देल, आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्य देव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी, रविन्द्र झालगायतका कलाकारहरूले पनि अभिनय रहनेछ। स्थापित कलाकारहरूको यस्तो जमघट नेपाली फिल्ममा कमै देख्न पाइन्छ। 

'सबै कलाकारको भूमिका एकदमै इन्ट्रेस्टिङ हुनेछ,' निर्देशक चौलागाईँले भनिन्, 'हामीले सोहीअनुरूप तयारी गरेका छौं।' 

फिल्मको छायाँकन आउँदो सोमबारदेखि सुरू हुँदैछ। काठमाडौंबाट छायांकन सुरू गरिनेछ भने त्यसपछि टिम नवलपरासीतर्फ लाग्ने निर्देशक चौलागाईँले बताइन्। 

केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको फिल्मका छायांकार पुरुषोत्तम प्रधान हुन्। प्रदीप भारद्धाजको लेखन रहेको फिल्मको निर्मातामा विशाल चौलागाई छन्। 'पिताम्बर' को बजेट ५ करोड बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’