२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दयाहाङ, सौगात र प्रदीप फिल्ममा एकसाथ देखिँदै, सोमबारदेखि छायांकन

२०८१, ६ भाद्र बिहीबार ०७:३१

भदौ ६, काठमाडौँ । अभिनेताहरू दयाहाङ राई, सौगात मल्ल र प्रदीप खड्का फिल्ममा एकसाथ देखिने भएका छन्। 

कृषा चौलागाईँको निर्देशन रहने एक्सन–रिभेन्ज फिल्म 'पिताम्बर' मा यी अभिनेताहरू संगै देखिने भएका हुन्। यो दयाहाङ र प्रदीप साथै सौगात र प्रदीपको पनि पहिलो सहकार्य हुनेछ।


फिल्मको लामो समयदेखि तयारी चलिरहेको छ। 

फिल्ममा कलाकारहरूको लाइनअप बलियो बनेको छ। यसमा आर्यन सिग्देल, आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्य देव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी, रविन्द्र झालगायतका कलाकारहरूले पनि अभिनय रहनेछ। स्थापित कलाकारहरूको यस्तो जमघट नेपाली फिल्ममा कमै देख्न पाइन्छ। 

'सबै कलाकारको भूमिका एकदमै इन्ट्रेस्टिङ हुनेछ,' निर्देशक चौलागाईँले भनिन्, 'हामीले सोहीअनुरूप तयारी गरेका छौं।' 

फिल्मको छायाँकन आउँदो सोमबारदेखि सुरू हुँदैछ। काठमाडौंबाट छायांकन सुरू गरिनेछ भने त्यसपछि टिम नवलपरासीतर्फ लाग्ने निर्देशक चौलागाईँले बताइन्। 

केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको फिल्मका छायांकार पुरुषोत्तम प्रधान हुन्। प्रदीप भारद्धाजको लेखन रहेको फिल्मको निर्मातामा विशाल चौलागाई छन्। 'पिताम्बर' को बजेट ५ करोड बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला