३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रोनाल्डोको युट्युब च्यानल लञ्च भएको २४ घन्टा बित्न नपाउँदै रेकर्डै रेकर्ड

६ भाद्र २०८१, बिहीबार ०८:३५

भदौ ६, काठमाडौँ । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युट्युब च्यानल लञ्च गरेको २४ घन्टा बित्न नपाउँदै कीर्तिमान बनेको छ।

इन्स्टाग्राम, एक्स (पहिले ट्विटर) र फेसबुकमा विश्वविख्यात फुटबलर रोनाल्डोका करोडौं फलोअर छन्। यसक्रममा उनले गुगलको स्वामित्वमा रहेको युट्युबमा बुधबार डेब्यू गरेका हुन्।

उनको युट्युब च्यानल (युआर क्रिस्टियानो) ले सबैभन्दा छिटो समयमा एक मिलियन (दश लाख) सब्सक्राइबर पार गर्दै नयाँ विश्व रेकर्ड बनाएको छ।


उनको युट्युब च्यानलले पहिलो ९० मिनेटमा एक मिलियन सब्सक्राइबर पार गरेको थियो। चार घण्टामा पाँच मिलियन सदस्य पुगेका थिए।

अहिले पनि उनका सब्सक्राइबर बढ्ने क्रम जारी छ। यो समाचार तयार गर्दासम्म सब्सक्राइबर झण्डै १५.८ मिलियन पुगिसकेको छ।

यस्तै भ्यूजको पनि कीर्तिमान बन्ने क्रममा उनको च्यानलमा ४० मिलियन भ्युज पुगिसकेको छ।

रोनाल्डोले बुधबार युट्युब च्यानल खोलेपछि आफ्ना फ्यानलाई फुटबलको बारेमा मात्र नभई आफ्नो ‘परिवार, स्वास्थ्य, पोषण, तयारी, रिकभरी, शिक्षा र व्यवसाय’ बारे पनि सामग्री राख्दै आफ्नो जीवनका अभूतपूर्व क्षण पोस्ट बाचा गरेका छन्।

उनले च्यानलमा २४ घन्टा भित्रमा १९ भिडिओ अपलोड गरिसकेका छन्। जसमा उनले युट्यबबाट १० लाख सब्सक्राइब भएपछि प्राप्त हुने गोल्डन बटन पाएको भिडिओ पनि अपलोड गरेका छन्।

उनी अरू सामाजिक सञ्जालमा पनि बढी फलोअर्स भएका सेलिब्रेटी हुन्। उनको एक्समा ११२.६ मिलियन र फेसबुकमा १७० मिलियन फलोअर्स छन्। उनी इन्स्टाग्राममा सर्वाधिक फलोअर्स भएका सेलिब्रेटी हुन्। उनको इन्स्टाग्रममा ६३६ मिलियन फलोअर्स छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’