२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रोनाल्डोको युट्युब च्यानल लञ्च भएको २४ घन्टा बित्न नपाउँदै रेकर्डै रेकर्ड

२०८१, ६ भाद्र बिहीबार ०८:३५

भदौ ६, काठमाडौँ । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युट्युब च्यानल लञ्च गरेको २४ घन्टा बित्न नपाउँदै कीर्तिमान बनेको छ।

इन्स्टाग्राम, एक्स (पहिले ट्विटर) र फेसबुकमा विश्वविख्यात फुटबलर रोनाल्डोका करोडौं फलोअर छन्। यसक्रममा उनले गुगलको स्वामित्वमा रहेको युट्युबमा बुधबार डेब्यू गरेका हुन्।

उनको युट्युब च्यानल (युआर क्रिस्टियानो) ले सबैभन्दा छिटो समयमा एक मिलियन (दश लाख) सब्सक्राइबर पार गर्दै नयाँ विश्व रेकर्ड बनाएको छ।


उनको युट्युब च्यानलले पहिलो ९० मिनेटमा एक मिलियन सब्सक्राइबर पार गरेको थियो। चार घण्टामा पाँच मिलियन सदस्य पुगेका थिए।

अहिले पनि उनका सब्सक्राइबर बढ्ने क्रम जारी छ। यो समाचार तयार गर्दासम्म सब्सक्राइबर झण्डै १५.८ मिलियन पुगिसकेको छ।

यस्तै भ्यूजको पनि कीर्तिमान बन्ने क्रममा उनको च्यानलमा ४० मिलियन भ्युज पुगिसकेको छ।

रोनाल्डोले बुधबार युट्युब च्यानल खोलेपछि आफ्ना फ्यानलाई फुटबलको बारेमा मात्र नभई आफ्नो ‘परिवार, स्वास्थ्य, पोषण, तयारी, रिकभरी, शिक्षा र व्यवसाय’ बारे पनि सामग्री राख्दै आफ्नो जीवनका अभूतपूर्व क्षण पोस्ट बाचा गरेका छन्।

उनले च्यानलमा २४ घन्टा भित्रमा १९ भिडिओ अपलोड गरिसकेका छन्। जसमा उनले युट्यबबाट १० लाख सब्सक्राइब भएपछि प्राप्त हुने गोल्डन बटन पाएको भिडिओ पनि अपलोड गरेका छन्।

उनी अरू सामाजिक सञ्जालमा पनि बढी फलोअर्स भएका सेलिब्रेटी हुन्। उनको एक्समा ११२.६ मिलियन र फेसबुकमा १७० मिलियन फलोअर्स छन्। उनी इन्स्टाग्राममा सर्वाधिक फलोअर्स भएका सेलिब्रेटी हुन्। उनको इन्स्टाग्रममा ६३६ मिलियन फलोअर्स छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे