३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कोलकाता बलात्कार प्रकरणमा सर्वोच्च अदालतले के भन्यो ?

६ भाद्र २०८१, बिहीबार ११:१५

भदौ ६,  काठमाडौं । कोलकाताको आरजी कार मेडिकल कलेजमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको घटनामा बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ । सुनुवाइका क्रममा अदालतले मेडिकल पेशेवरहरू विशेष गरी महिलाहरूको सुरक्षा सुनिश्चित गर्ने बृहत्तर मुद्दा हेर्न राष्ट्रिय कार्यदल गठन गरेको छ ।

राष्ट्रिय कार्यदलले सबै पक्षको कुरा सुन्ने आश्वासन अदालतले चिकित्सक संघलाई दिएको छ । डाक्टरहरूले काम गरेनन् भने सार्वजनिक स्वास्थ्य सेवाले कसरी काम गर्छ भनेर अदालतले प्रश्न गरेको समाचार एजेन्सी पीटीआईले भनेको छ । कोलकता प्रकरणविरुद्ध भारतभर विरोध प्रदर्शन चलिरहेको छ । यसैबिच सर्वोच्च अदालतले कार्यदललाई तीन हप्ताभित्र अन्तरिम प्रतिवेदन पेस गर्न भनेको छ । दुई महिनाभित्र अन्तिम प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिइएको छ ।

अदालतले आन्दोलनरत चिकित्सकलाई पहिले काममा फर्किन भनेको छ । एम्स नागपुरका डाक्टरहरूलाई काममा फर्किएपछि कुनै कारबाही नहुने आश्वासन समेत दिइएको छ । आन्दोलनका कारण परीक्षामा सहभागी हुन नपाएको एम्स नागपुरका डाक्टरहरूले बताएका थिए । सरकारी अस्पतालमा आउने सबै बिरामीप्रति अदालतले सहानुभूति जनाएको छ । अदालतले सीबीआईको प्रतिवेदन पनि हेरिरहेको छ ।

बलात्कार र हत्याको घटनालाई अप्राकृतिक मृत्यु भनेर एफआईआर दर्ता हुनुअघि नै शवको पोस्टमार्टम गरिनु अत्यन्तै डरलाग्दो कुरा बताइएको छ । अदालतले पहिलो मुद्दा दर्ता गर्ने कोलकाता प्रहरीका अधिकारीलाई अर्को सुनुवाइमा उपस्थित हुन आदेश दिएको छ । पीडितको साथीलाई शङ्काका आधारमा सोधपुछ गरिएको र यसको भिडियो पनि बनाइएको सीबीआईले अदालतमा बताएको छ । पीडितको अन्तिम संस्कार सकिएपछि राति ११ः४५ बजे मात्रै  एफआईआर दर्ता हुनु सबैभन्दा छक्क पार्ने कुरा भएको सलिसिटर जनरल तुषार मेहताले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’