Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 22, 2024 समाज

अहेवको एसएलसीको प्रमाण पत्र नक्कली भएको भन्दै आरोप पत्र दायर

By साझासवाल 2 मिनेट पढाइ

<p><b>भदौ ६,&nbsp; काठमाडौं ।</b> अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको जगत्रदेवी स्वास्थ्य चौकीमा कार्यरत अहेव हिमा डुम्रे न्यौपानेको नकाली प्रमाण पत्र रहेको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको छ ।<br></p><p>अख्तियारले न्यौपानेको एसएलसीको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेको भन्दै मुद्धा दायर गरेको हो ।</p><p>न्यौपानेले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट हाइस्कुल तहको झुट्टा शैक्षिक प्रमाण-पत्र पेश गरी करापु उपस्वास्थ्य चौकी, लमजुङमा ग्रामीण स्वास्थ्य कार्यकर्ता दोस्रो तह, रा.प.अनं. तृतीय (प्राविधिक) श्रेणीमा स्थायी नियुक्त भएको पाइएको भन्दै आरोप-पत्र दायर गरेको जानकारी दिएको छ ।&nbsp;</p>