३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भ्रमणले नेपाल-भारतबीचको सम्बन्धलाई बलियो बनाउनेछ : परराष्ट्रमन्त्री

६ भाद्र २०८१, बिहीबार ११:५८

भदौ ६,  काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारत भ्रमण फलदायी भएको बताएकी छन्। पाँच दिने भारत भ्रमण सकेर बिहीबार स्वदेश फर्किपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राणाले आफ्नो भ्रमणले नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिन्। 

'भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव उल्लेखनीय भूमिका निर्वाह गर्नुको साथै दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप मतबुत बनाउनेछ,'उनले भनिन्।


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट भएको बताउँदै मन्त्री राणाले नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जानकारी दिइन्। मन्त्री राणाले भेटका क्रममा प्रधानमन्त्री केपी ओलीका तर्फबाट नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण गरेको बताइन्।

मन्त्री राणाले भारतीय विदेश मन्त्री एस जयशंकरसँगको भेटमा व्यापार तथा पारवहन, उर्जा कनेक्टिभिटी, हवाई मार्ग, बाढी तथा डुवान समस्या तथा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमामा पूर्वाधार तथा नेपाल- भारत सम्बन्धलगायत समग्र पक्षमा छलफल भएको बताइन्।

यसको साथै दुई पक्षीय संयन्त्रका माध्यमबाट दुवै पक्षबीच विभिन्न तहमा हुने सम्पर्कलाई निरन्तरता दिने विषयमा सहमति भएको उनले जानकारी दिइन्।

उनले भ्रमणका क्रममा भारतले नेपाललाई गर्दै आएको सहयोगको निरन्तरतामा प्रतिवद्धता जनाएको उल्लेख गरिन्।

मन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणामा भदौ २ गते भारत प्रस्थान गरेकी थिइन्। पाँच दिनको भ्रमण सकेर मन्त्री राणा आज स्वदेश फर्किएकी हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’