Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 22, 2024 समाज

भ्रमणले नेपाल-भारतबीचको सम्बन्धलाई बलियो बनाउनेछ : परराष्ट्रमन्त्री

By साझासवाल 4 मिनेट पढाइ

भदौ ६,  काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारत भ्रमण फलदायी भएको बताएकी छन्। पाँच दिने भारत भ्रमण सकेर बिहीबार स्वदेश फर्किपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राणाले आफ्नो भ्रमणले नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिन्।

'भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव उल्लेखनीय भूमिका निर्वाह गर्नुको साथै दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप मतबुत बनाउनेछ,'उनले भनिन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट भएको बताउँदै मन्त्री राणाले नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जानकारी दिइन्। मन्त्री राणाले भेटका क्रममा प्रधानमन्त्री केपी ओलीका तर्फबाट नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण गरेको बताइन्।

मन्त्री राणाले भारतीय विदेश मन्त्री एस जयशंकरसँगको भेटमा व्यापार तथा पारवहन, उर्जा कनेक्टिभिटी, हवाई मार्ग, बाढी तथा डुवान समस्या तथा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमामा पूर्वाधार तथा नेपाल- भारत सम्बन्धलगायत समग्र पक्षमा छलफल भएको बताइन्।

यसको साथै दुई पक्षीय संयन्त्रका माध्यमबाट दुवै पक्षबीच विभिन्न तहमा हुने सम्पर्कलाई निरन्तरता दिने विषयमा सहमति भएको उनले जानकारी दिइन्।

उनले भ्रमणका क्रममा भारतले नेपाललाई गर्दै आएको सहयोगको निरन्तरतामा प्रतिवद्धता जनाएको उल्लेख गरिन्।

मन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणामा भदौ २ गते भारत प्रस्थान गरेकी थिइन्। पाँच दिनको भ्रमण सकेर मन्त्री राणा आज स्वदेश फर्किएकी हुन्।