2026-11-04 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बस दुर्घटना: बसका सबै यात्रु भारतीय, गोरखपुरबाट दुई दिनअघि पोखरा आएका थिए

भदौ ७, काठमाडौँ । तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा सवार सबै यात्रु भारतीय भएको खुलेको छ।

कास्की प्रहरी प्रमुख मोहन थापाका अनुसार, उनीहरू भारतको गोरखपुरबाट नेपाल आएका थिए। गत भदौ ५ गते (दुई दिनअघि) उनीहरू गोरखपुरबाट पोखरा आएका थिए। उनीहरू पोखरास्थित मझेरी रिसोर्टमा बसेका थिए। 

बुधबार र बिहीबार उक्त रिसोर्टमा बसेर उनीहरू शुक्रबार बिहान काठमाडौँका लागि हिँडेका थिए। यात्राकै क्रममा उनीहरू आबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो। 

प्रहरीका अनुसार, अहिलेसम्म १४ जनाको शव भेटिएको छ। अन्य १६ जना घाइतेको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ।

बसमा चालक र सहचालकसहित ४१ जना यात्रु सवार थिए।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेर घटनास्थलमा उद्धार कार्य जारी राखेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट एमालेसहित सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ : प्रचण्डको आह्वान मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता एनपीएल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै