३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

राष्ट्रिय सहमतिको सरकारले मात्र संविधान कार्यान्वयन गर्न सक्छ :नेपाल

९ बैशाख २०७३, बिहीबार ०१:०८

वैशाख ८, हेटौडा । पूर्व प्रधानमन्त्री तथा नेकपा
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकारले मात्र संविधान कार्यान्वयन गर्न सक्ने
बताएका छन् ।

makune

नेकपा एमाले सम्बद्ध नेपाल बैंक कर्मचारी संघको
बुधबार हेटौँडामा दशौं महाधिवेशन उद्घाटन गर्दै उहाँले संविधान कार्यान्वयनको लागि सबै पार्टी एक ठाउँमा
उभिनुपर्ने बेला आएको बताउनुभयो । जतिसुकै राम्रा काम गरेपनि प्रतिपक्षले सरकारको बिरोध गर्नैपर्ने
प्रवृत्ति स्थापित हुँदै गएकाले पनि संविधान कार्यान्वयनको सामुहिक जस लिन राष्ट्रिय सहमतिको सरकार
आवश्यक भएको उनको तर्क छ ।

तर राष्ट्रिय सरकार कसको नेतृत्वमा भन्ने विषयमा उनले स्पष्ट पारेनन्
। राष्ट्रिय सहमतिको सरकार नभएकै कारण भूकम्प पीडितले राहत पाउन ढिलाई भएको नेता नेपालको भनाई थियो ।
मुलुकै पुरानो बैंक सम्बद्ध कर्मचारी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आत्मनिर्भर
अर्थतन्त्र विकास गरेर अघि बढ्नुपर्ने बताए । देशलाई अस्थिरतामा राख्ने अब कुनै बहाना बाँकी नरहेकाले
देशलाई आर्थिक विकासको चरणमा प्रवेश गराउनुपर्ने उनले बताए । महाधिवेशनले ४२ सदस्यीय केन्द्रीय
कार्यसमिति चयन गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’