३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बस दुर्घटनामा पाकिस्तानमा कम्तीमा ३४ जनाको मृत्यु

९ भाद्र २०८१, आईतवार ०९:२५

भदौ ९,  काठमाडौं । पाकिस्तानको आजाद पाटन शहरनजिक र मकरान सामुद्रिक तटीय राजमार्गमा आइतबार भएका दुई छुट्टाछुट्टै  बस दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । 

पञ्जाब प्रान्त र पाकिस्तान प्रशासित काश्मिरको सिमानामा पर्ने आजाद पाटनमा भएको दुर्घटनामा २२ र  अर्को एक दुर्घटनामा १२ गरी ३४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 

पञ्जाबको रेस्क्यु ११२२ आपतकालीन सेवाका प्रवक्ता फारुक अहमदले घटनाको पुष्टि गर्दै भने, “अहिलेसम्म १५ पुरुष, ६ महिला र एक बच्चासहित २२ जनाको मृत्यु भएको छ ।


उद्धार सेवाका अर्का प्रवक्ता मोहम्मद उस्मान गुज्जरले गाडी सडकबाट चिप्लिएर एउटा खोल्सामा खसेको बताए । 

अर्को एक दुर्घटनामा बलुचिस्तानको मकरान सामुद्रिक तटीय राजमार्गमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

“निकै घुम्तीहरू भएको सडकमा तीव्र गतिमा रहेको बसलाई चालकले नियन्त्रणमा लिन नसक्दा बस गहिरो खाल्डोमा खसी भएको र कम्तीमा १२ जनाको मृत्यु भएको,” घटनास्थलमा रहेका प्रहरी अधिकारी असलम बङ्गुलजईले एएफपीलाई बताए । 

उथल शहरबाट करिब १०० किलोमिटर टाढा र इरानको सीमावर्ती शहर पिशिनबाट ५०० किलोमिटर टाढा रहेको पहाडी क्षेत्रमा सो दुर्घटना भएको हो ।

इरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २८ जना तीर्थयात्रीको शव स्वदेश ल्याएको एक दिनपछि यो अर्को दुर्घटना भएको हो । गत मङ्गलबार राति  इरानको मध्य क्षेत्रमा रहेको याज्द प्रान्तको एक सुरक्षा जाँच केन्दूमाअगाडि ५१ जना पाकिस्तानी तीर्थयात्रीलाई लिएर इराक जाँदै गरेको उक्त बस पल्टिएर आगलागी हुँदा २८ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका इरानी राष्ट्रिय टेलिभिजनले च्यानलले जनाएका छन् ।

इरानी ट्राफिक प्रहरी प्रमुख तेमुर होसेनीले भिरालो सडकमा बसमा ब्रेक फेल भएपछि बस अनियन्त्रित भई खोल्सामा खसी दुर्घटनाग्रस्त भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए । 

पाकिस्तानमा पहाडी क्षेत्रमा कच्ची सडक, पूराना यातायातका साधन, अत्यधिक भार र चालकको लापर्बाहीका कारण सडक दुर्घटना हुने गरेको पाइन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’