2026-07-27 04:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बस दुर्घटनामा पाकिस्तानमा कम्तीमा ३४ जनाको मृत्यु

भदौ ९,  काठमाडौं । पाकिस्तानको आजाद पाटन शहरनजिक र मकरान सामुद्रिक तटीय राजमार्गमा आइतबार भएका दुई छुट्टाछुट्टै  बस दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । 

पञ्जाब प्रान्त र पाकिस्तान प्रशासित काश्मिरको सिमानामा पर्ने आजाद पाटनमा भएको दुर्घटनामा २२ र  अर्को एक दुर्घटनामा १२ गरी ३४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 

पञ्जाबको रेस्क्यु ११२२ आपतकालीन सेवाका प्रवक्ता फारुक अहमदले घटनाको पुष्टि गर्दै भने, “अहिलेसम्म १५ पुरुष, ६ महिला र एक बच्चासहित २२ जनाको मृत्यु भएको छ ।

उद्धार सेवाका अर्का प्रवक्ता मोहम्मद उस्मान गुज्जरले गाडी सडकबाट चिप्लिएर एउटा खोल्सामा खसेको बताए । 

अर्को एक दुर्घटनामा बलुचिस्तानको मकरान सामुद्रिक तटीय राजमार्गमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

“निकै घुम्तीहरू भएको सडकमा तीव्र गतिमा रहेको बसलाई चालकले नियन्त्रणमा लिन नसक्दा बस गहिरो खाल्डोमा खसी भएको र कम्तीमा १२ जनाको मृत्यु भएको,” घटनास्थलमा रहेका प्रहरी अधिकारी असलम बङ्गुलजईले एएफपीलाई बताए । 

उथल शहरबाट करिब १०० किलोमिटर टाढा र इरानको सीमावर्ती शहर पिशिनबाट ५०० किलोमिटर टाढा रहेको पहाडी क्षेत्रमा सो दुर्घटना भएको हो ।

इरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २८ जना तीर्थयात्रीको शव स्वदेश ल्याएको एक दिनपछि यो अर्को दुर्घटना भएको हो । गत मङ्गलबार राति  इरानको मध्य क्षेत्रमा रहेको याज्द प्रान्तको एक सुरक्षा जाँच केन्दूमाअगाडि ५१ जना पाकिस्तानी तीर्थयात्रीलाई लिएर इराक जाँदै गरेको उक्त बस पल्टिएर आगलागी हुँदा २८ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका इरानी राष्ट्रिय टेलिभिजनले च्यानलले जनाएका छन् ।

इरानी ट्राफिक प्रहरी प्रमुख तेमुर होसेनीले भिरालो सडकमा बसमा ब्रेक फेल भएपछि बस अनियन्त्रित भई खोल्सामा खसी दुर्घटनाग्रस्त भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए । 

पाकिस्तानमा पहाडी क्षेत्रमा कच्ची सडक, पूराना यातायातका साधन, अत्यधिक भार र चालकको लापर्बाहीका कारण सडक दुर्घटना हुने गरेको पाइन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट