२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एमाले–कांग्रेस घमण्डी र भ्रष्ट छन्, दुई पार्टी सिस्टमको कुनै सम्भावना छैन : झलनाथ खनाल

२०८१, ९ भाद्र आईतवार ०९:३७

भदौ ९,  काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा दुई पार्टी सिस्टम आउने सम्भावना नरहेको बताएका छन्।

कांग्रेस–एमाले नेतृत्वको सत्तारुढ गठबन्धनलाई दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै उनीहरूले नेपालमा दुई पार्टी सिस्टम ल्याउने धृष्टता गरेपनि त्यो सम्भव नहुने जिकिर गरेका हुन्।

आइतबार काठमाडौँमा आयोजित पार्टी केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले दुई ठूलो पार्टीको नेपालमा दुई पार्टी सिस्टम ल्याउने कुरा कल्पनामा मात्रै सिमित हुने दाबी समेत गरे।


‘अब यो देशमा मल्टिपार्टी सिस्टम स्थापना भएको छ। यो पूँजीवादी मल्टिपाटी सिस्टम हो। पुँजीवादमा मल्टिपार्टी सिस्टम त्यसको अन्तिम अवस्थासम्म रहन्छ। यो मल्टिपार्टी सिस्टमलाई यही प्रक्रिया अन्तर्गत जतिसुकै ठूलो पार्टी किन नहोस्। एउटैले दुई तिहाई लिएर आएपनि सम्भव छैन,’ खनालले भने, ‘हामी पनि सक्दैनौँ। अब उनीहरूले त्यो कल्पना मात्रै हो। अहिले उनीहरू संविधान संशोधनको हल्ला फिजाईरहेका छन्। संविधान संशोधनको हल्ला जतिसुकै पिटाएपनि दुई वर्षसम्म उनीहरुले एक्लै अगाडि बढ्न खोजे भने यो संविधानको न कमा चेन्ज गर्न सक्छन्। न फुलिस्टप चेन्ज गर्न सक्छन्। हाम्रो सहयोग विना केही पनि गर्न सक्दैनन्। उनीहरूले जतिसुकै नचाहे पनि हाम्रो सहयोग विना उनीहरूले गर्नसक्ने अवस्था देखिँदैन।’ 

सम्मानित नेता खनालले कांग्रेस र एमाले घमण्डी र भ्रष्ट पार्टी रहेकाले उनीहरूले संविधान संशोधनका लागि चलाएको हल्ला पनि काम नलाग्ने दाबी गरे। 

दुई ठूलो पार्टीले आफूहरूको सहयोग बिना संविधान संशोधनको नाममा कमा र फुलिष्टप पनि परिवर्तन गर्न नसक्ने खनालले बताए। 

‘दुई वटा पार्टीको सरकार बनेको छ। यी दुई घमण्डी पार्टीहरू हुन्। भ्रष्ट पार्टीहरू हुन्। र अवसरवादी पार्टीहरू हुन्। एउटा त प्रतिक्रियावादी दलाल पुँजीवादको प्रतिनिधि नै भइहाल्यो। अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो। दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको गठबन्धन,’ नेता खनालले भने, ‘यो ढंगको गठबन्धन सरकार बनेर उसले के धृष्टता गर्दैछ भन्दा दुई पार्टी सिष्टम बनाउने। जुन कुरो मलाई लाग्छ– यो सूर्यमुनि असम्भव छ। कमसेकम नेपालमा चाँही असम्भव छ। यो उनीहरूको ख्याली पुलाउ बाहेक अरु केही होइन र हुनेवाला पनि छैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला