३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एमाले–कांग्रेस घमण्डी र भ्रष्ट छन्, दुई पार्टी सिस्टमको कुनै सम्भावना छैन : झलनाथ खनाल

९ भाद्र २०८१, आईतवार ०९:३७

भदौ ९,  काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा दुई पार्टी सिस्टम आउने सम्भावना नरहेको बताएका छन्।

कांग्रेस–एमाले नेतृत्वको सत्तारुढ गठबन्धनलाई दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै उनीहरूले नेपालमा दुई पार्टी सिस्टम ल्याउने धृष्टता गरेपनि त्यो सम्भव नहुने जिकिर गरेका हुन्।

आइतबार काठमाडौँमा आयोजित पार्टी केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले दुई ठूलो पार्टीको नेपालमा दुई पार्टी सिस्टम ल्याउने कुरा कल्पनामा मात्रै सिमित हुने दाबी समेत गरे।


‘अब यो देशमा मल्टिपार्टी सिस्टम स्थापना भएको छ। यो पूँजीवादी मल्टिपाटी सिस्टम हो। पुँजीवादमा मल्टिपार्टी सिस्टम त्यसको अन्तिम अवस्थासम्म रहन्छ। यो मल्टिपार्टी सिस्टमलाई यही प्रक्रिया अन्तर्गत जतिसुकै ठूलो पार्टी किन नहोस्। एउटैले दुई तिहाई लिएर आएपनि सम्भव छैन,’ खनालले भने, ‘हामी पनि सक्दैनौँ। अब उनीहरूले त्यो कल्पना मात्रै हो। अहिले उनीहरू संविधान संशोधनको हल्ला फिजाईरहेका छन्। संविधान संशोधनको हल्ला जतिसुकै पिटाएपनि दुई वर्षसम्म उनीहरुले एक्लै अगाडि बढ्न खोजे भने यो संविधानको न कमा चेन्ज गर्न सक्छन्। न फुलिस्टप चेन्ज गर्न सक्छन्। हाम्रो सहयोग विना केही पनि गर्न सक्दैनन्। उनीहरूले जतिसुकै नचाहे पनि हाम्रो सहयोग विना उनीहरूले गर्नसक्ने अवस्था देखिँदैन।’ 

सम्मानित नेता खनालले कांग्रेस र एमाले घमण्डी र भ्रष्ट पार्टी रहेकाले उनीहरूले संविधान संशोधनका लागि चलाएको हल्ला पनि काम नलाग्ने दाबी गरे। 

दुई ठूलो पार्टीले आफूहरूको सहयोग बिना संविधान संशोधनको नाममा कमा र फुलिष्टप पनि परिवर्तन गर्न नसक्ने खनालले बताए। 

‘दुई वटा पार्टीको सरकार बनेको छ। यी दुई घमण्डी पार्टीहरू हुन्। भ्रष्ट पार्टीहरू हुन्। र अवसरवादी पार्टीहरू हुन्। एउटा त प्रतिक्रियावादी दलाल पुँजीवादको प्रतिनिधि नै भइहाल्यो। अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो। दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको गठबन्धन,’ नेता खनालले भने, ‘यो ढंगको गठबन्धन सरकार बनेर उसले के धृष्टता गर्दैछ भन्दा दुई पार्टी सिष्टम बनाउने। जुन कुरो मलाई लाग्छ– यो सूर्यमुनि असम्भव छ। कमसेकम नेपालमा चाँही असम्भव छ। यो उनीहरूको ख्याली पुलाउ बाहेक अरु केही होइन र हुनेवाला पनि छैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’