२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इजरायलमाथि हिजबुल्लाहको आक्रमण, सयौं मिसाइल प्रहार गरेपछि संकटकाल घोषणा

२०८१, ९ भाद्र आईतवार ११:०६

भदौ ९, काठमाडौँ । लेबनानको हिजबुल्लाह समूहले इजरायलमाथि आक्रमण गरेको छ। इजरायलको दक्षिणी भूभागमा हिजबुल्लाहले सयौं मिसाइल प्रहार गरेको हो।

इजरायली सेनाले आफ्नो लडाकू विमानले उत्तरी र मध्य इजरायललाई लक्षित गरी हिजबुल्लाह समूहले प्रहार गरेका रकेट लन्चरलाई विफल बनाएको दाबी गरेको छ। 'करिब १०० आईएएफ लड़ाकू विमानले दक्षिणी लेबनानमा रहेका हिजबुल्लाह रकेट लञ्चर ब्यारेलमा आक्रमण गरी नष्ट गरिएको छ,' इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।


तीमध्ये अधिकांश उत्तरी इजरायलतर्फ लक्षित थिए भने केही मध्य इजरायलतर्फ लक्षित थिए। इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल नदाव शोशानीले भने, 'हिजबुल्लाहले उत्तरी इजरायलतर्फ सयौं रकेट र युएभी प्रहार गरेको छ।'

हिजबुल्लाहबाट भएको यस आक्रमणलाई इजरायलले ‘योजनाबद्ध रूपमा गरिएको ठूलो आक्रमण भएको जानकारी दिएको छ। यसैबीच लेबनानसँगको बढ्दो तनावका कारण इजरायलमा ४८ घण्टाका लागि संकटकाल घोषणा गरिएको छ। 

इजरायलका रक्षामन्त्री योव ग्यालान्टले सङ्कटकाल घोषणा गरेका हुन्। यसले इजरायली रक्षा बल (आईडीएफ) को आन्तरिक मोर्चाको नेतृत्वलाई प्रतिबन्धहरू जारी गर्न सहज हुनेछ। जोखिम बढेसँगै इजरायली नागरिकलाई उच्च सतर्कताका रहन अपील गरिएको छ।

गत महिना तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानिया र लेबनानमा हिजबुल्लाह कमाण्डर मारिएपछि इरानले इजरायलसँग बदला लिने चेतावनी दिएको थियो। इरानको सम्भावित आक्रमणविरूद्ध  इजरायलले कडा प्रतिशोधको तयारी गरिरहेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने