३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वैदेशिक रोजगारका नाममा २४ जनाबाट दुई करोड बढी ठगी, दिल्लीबाट दुई नेपाली पक्राउ

१० भाद्र २०८१, सोमबार ०७:४१

भदौ १०,  काठमाडौँ । रोजगारीका लागि युरोपियन मुलुक ग्रीस पठाइदिने भन्दै २४ जनाबाट दुई करोड बढी रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका–४ का देव सुनार र भीमकुमार सुनार रहेका छन् । उनीहरूलाई भारतको दिल्लीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । ​सुनारद्वयलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको वैदेशिक रोजगार ठगी पिलरबाट प्रहरी दिल्ली पुगेका थिए । 

दिल्लीस्थित थानाका एसपीको कमाण्डमा खटिएको टोलीले सुनारद्वयलाई पक्राउ गर्न सहयोग गरेको थियो । सुनारद्वयले आफूहरूलाई पक्राउ नगरे एक घण्टाभित्र ५० लाख रुपैयाँ दिने प्रलोभनसमेत देखाएका थिए । तर, अनुसन्धान कार्यालयका प्रहरी टोलीले जसरी पनि पक्राउ गरेर नेपाल लैजाने बताएपछि दिल्ली प्रहरीले राति नै सुनारद्वयलाई नेपाल प्रहरीको जिम्मा लगाएको थियो । 

दिल्लीको पहाडगञ्जमा मासिक १२ हजार भारतीय रुपैयाँ भाडा पर्ने फ्लाट लिएर बसेका सुनारद्वयले दुई जना नेपालीलाई १० महिनादेखि बन्धक बनाएर राखेको समेत पाइएको छ । बन्धक बनाइएका पीडित दुई युवाले प्रहरीमा अपहरण तथा शरीर बन्धक मुद्दा दिने तयारी गरेका छन् । 


सुनारद्वयको ठगीको धन्दा भने गजबको छ । प्रहरीका अनुसार ग्रीसमा रोजगार दिलाइदिने नाममा उनीहरूले सुदूरपश्चिमदेखि पूर्वझापासम्मका व्यक्तिलाई ठगी गरेका छन् । गत वर्ष असारसम्म सुनारद्वयले २४ जनाबाट जनही १० देखि १२ लाख रुपैयाँ उठाएका थिए । पैसा उठाइसकेपछि उनीहरू एकाएक सम्पर्कविहीन भएका थिए । पीडितले फोन गर्दा नउठाउने र उठाइहाले पनि विदेश पठाईदिने बचन दिन्थे । प्रहरीका अनुसार कतिलाई पैसा फिर्ता दिने आश्वासन पनि दिएका थिए ।  

पीडितमध्येका एक नवराज बडुवाललाई ग्रीस पठाउने भन्दै सुनारद्वयले ३८ लाख रुपैयाँ ठगी गर्न भ्याए । त्यो पनि बैंक खाता प्रयोग गरेर । केहीपीडितबाहेक सबैले बैंक खाताकै माध्यमबाट उनीहरूलाई रकम दिएको देखिन्छ ।

अपराध अनुसन्धान कार्यालयमा भेटिएका पीडित मध्येकी सुष्मा तामाङका अनुसार ग्रीसमा लैजाने भन्दै उनीसँग १२ लाख रुपैयाँ लिएका थिए । तर, गत असारबाटै सम्पर्कविहीन भएका सुनारद्वयलाई पक्राउ गरी कारबाही गर्न तामाङसहित अन्य पीडितले वैदेशिक रोजगार विभागमा उजुरी हालेका थिए । विभागले गत वर्ष चैत १३ मै अनुसन्धान कार्यालयमा पत्र पठाउँदै सुनारद्वयलाई पक्राउ गरी सहयोग गर्न भनेको थियो । 

अनुसन्धान कार्यालयले सुनारद्वयलाई विभागमा बुझाएको छ । कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार वैदेशिक रोजगारीको प्रलोभन देखाएर यी दुई जनाले दुई करोड बढी ठगी गरेको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’