2026-09-22 01:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इजरायल-लेबनान द्वन्द्व : नेपालले रोकेन व्यक्तिगत श्रम स्वीकृति

भदौ १०,  काठमाडौँ । इजरायल र लेबनानबीच युद्ध जारी रहे पनि ती देशमा वैदेशिक रोजगारीका लागि नेपाली कामदार जान रोकिएका छैनन्। वैदेशिक रोजगार विभागले आइतबार सार्वजनिक गरेको साउनको मासिक प्रतिवेदनमा नेपाली कामदार व्यक्तिगत श्रम स्वीकृतिमा इजरायल र लेबनान गइरहेको उल्लेख छ।

साउनमा लेबनानमा एक पुरुष र दुई महिला गरी तीनजना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन्। ११ जना पुरुष व्यक्तिगत श्रम स्वीकृति लिएर इजरायल गएको विभागको तथ्यांक छ।

इजरायली सेनाले आइतबार लेबनानस्थित हिजबुल्लाहका निसानामा आक्रमण गरेको थियो।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदी सरकारी स्तरमा निर्णय नभएका कारण इजरायल र लेबनान जाने कामदारको श्रम स्वीकृति रोक्न नमिल्ने बताउँछन्। उनले भने, ‘इजरायल र लेबनान जाने कामदारको संस्थागत अथवा व्यक्तिगत श्रम स्वीकृति जारी नगर्नु भनेर सरकारी स्तरमा निर्णय नभएसम्म रोक्न मिल्दैन।’

विभिन्न ट्रेड युनियनले ती देशमा कामदार पठाउन तत्काल रोक लगाउनुपर्ने माग गर्दै आएका छन्। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले सरकारले आफूहरूका माग बेवास्ता गर्दै ती देशमा व्यक्तिगत श्रम स्वीकृतिमा कामदार पठाइरहेको बताए।

लेबनानबाट विदेशी नागरिक स्वदेश फर्किन थालेका छन्। नेपाल सरकारले भने लेबनानमा रहेका नेपाली फर्काउन पहल गरेको छैन। लेबनानमा रहेका नेपालीलाई समस्यामा परेर सम्पर्कमा आउन इजिप्टको कायरोस्थित नेपाली दूतावासले सूचना जारी गरेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले लेबनानमा रहेका नेपालीको अवस्थाबारे कायरोस्थित नेपाली दूतावासले जानकारी लिइरहेको बताए। राईले भने, ‘इजरायलले आक्रमण गरेपछि लेबनानमा रहेका नेपालीको अवस्थाबारे दूतावासले विभिन्न माध्यममार्फत जानकारी लिइरहेको छ। अहिलेसम्म लेबनानमा कोही नेपाली समस्यामा नपरेको र त्यहाँ रहेका नेपाली सुरक्षित रहेको सूचना पाएका छौँ।’ युद्ध बढ्दै गए लेबनानमा रहेका नेपाली फर्काउन सरकारले पहल गर्ने उनले बताए।

लेबनानमा १५ हजार बढी नेपाली कामदार कार्यरत रहेको श्रम मन्त्रालयको अनुमान छ। यसैगरी इजरायलमा २० हजारभन्दा बढी नेपाली कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु