३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुईवटा क्रेनले निकाल्ने प्रयास गर्दैछ मर्स्याङ्दीमा खसेको बस, यात्रुहरू सडकमै अलपत्र

१० भाद्र २०८१, सोमबार ०८:२०

भदौ १०,  काठमाडौँ । मस्र्याङ्दी नदीमा गत भदौ ७ गते खसेको भारतीय नम्बर प्लेटको बस निकाल्ने प्रयास भइरहेको छ। सोमबार बिहानैदेखि मुग्लिन–आँबुखैरेनी सडकखण्ड बन्द गरेर क्रेनबाट बस निकाल्ने प्रयास गरिएको छ।

तर, अझैसम्म पनि बस निकाल्न सकिएको छैन। 

जिल्ला प्रहरी तनहुँका एसपी बिरेन्द्रबहादुर शाहीका अनुसार, अर्को क्रेन ल्याएर भर्खरैबाट बस निकाल्ने प्रयास भइरहेको छ। 


‘भर्खरै अर्को पनि क्रेन ल्याएर प्रयास गर्दैछौँ, आजका लागि यो अन्तिम पटक प्रयास गरौँ भनेर लागेका हौँ,’ एसपी शाहीले भने, ‘अब एक घन्टासम्म पनि सकिएन भने आजका लागि काम रोक्छौँ।’

बिहानैदेखि मुग्लिन–आँबुखैरेनी सडकखण्ड बन्द गरेर बस निकाल्ने प्रयास गरिएको हो। उक्त सडकखण्ड बन्द भएपछि यात्रुहरू बाटोमै अलपत्र परेका छन्। 

नदीभन्दा थोरै माथि रहेको पहराका कारण बस निकाल्न समस्या भएको प्रहरीले बताएको छ। 

एसपी शाहीका अनुसार, एक घण्टापछि उक्त सडकखण्ड खुल्नेछ। स्थानीय प्रहरी प्रशासनले बिहान १० बजेसम्मका लागि बाटो बन्द हुने जानकारी गराएपनि बस निकाल्न समय लागेपछि बाटो अवरुद्ध बनेको छ। 

भारतीय नम्बरप्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाले ज्यान गुमाएका थिए।

मृतकहरूको पोस्टमार्टमपछि सनाखत गरेर भारतीय वायु सेनाको विमानमार्फत पठाइसकिएको छ। अर्का एकजना मर्स्याङ्दी नदीमै बेपत्ता रहेको प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिको पनि खोजी भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन