३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शंखमुल हत्या: स्नुकरमा झगडा भएपछि हत्या, मृतकको टाउकोमा चोट

१० भाद्र २०८१, सोमबार ०९:२२

भदौ १०,  काठमाडौँ । काठमाडौंको शंखमूलस्थित वाग्मती कोरिडोरस्थित सुकुम्बासी बस्तीका रुपक बान्तवाको मृत्युबारे प्रहरीले अनुसन्धान थालेको छ ।

बारा घर भएका रूपकले शंखमुलस्थित आफ्नै घरमा सो स्नुकर सञ्चालन गरेका थिए ।


उक्त खाजा घरबाट सोमबार बिहान १ बजेर ५० मिनेटमा एक युवक दौडिँदै निस्किए ।  युवक भागेको देखेपछि एक जना महिलाले प्रहरीलाई फोन गरिन्, ‘शंखमुलको स्नुकरमा झगडा परेको जस्तो छ, एक जना केटा भागिरहेको छ ।’

प्रहरी वृत्त बानेश्वरका प्रहरी तत्काल घटनास्थलमा पुग्दा ४० वर्षीय रूपक बान्तवा स्नुकरको सोफामा पल्टिरहेका भेटिए । उनको टाउकोमा चोट लागेको थियो । प्रहरीले उनलाई मिनभवनस्थित सिभिल अस्पतालमा पठाए । चिकित्सकले उनलाई साढे २ बजेमा मृत घोषणा गरे ।

 बौद्ध बिहार अघिल्तिर रहेको सो स्नुकरमा बान्तवाको हत्या भएको आशङ्का गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । उनले भने, ‘टाउकोमा चोट देखिएको छ, हामी अनुसन्धान गर्दैछौँ ।’

घटनाबारे वृत्त बानेश्वर र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेको छन् । सोधपुछका लागि केही शंकास्पदहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’