२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गाडी तोडफोड आरोपमा एक महिला पक्राउ

२०८१, ११ भाद्र मंगलवार ०९:१७

भदौ ११, काठमाडौँ । गाडी तोडफोड गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा चितवन भइ हाल काठमाडौं बस्दै आएकी ३३ वर्षीया सपना लामिछाने छिन् । उनलाई गत शुक्रबार प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकी लामिछानेविरुद्ध आपराधिक उपद्रभको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको महाराजगञ्जका डीएसपी रवीन्द्रनाथ पौडेलले बताए ।

लामिछानेका साथै कमला लामा नाम गरेकी एक महिलाविरुद्ध काठमाडौं बालुवाटारकी सिर्जना बस्नेतले १८ असार २०८१ मा प्रहरीमा जाहेरी दिएकी थिइन् ।

आफ्नो घरमा पार्किङ गरेर राखेको प्रदेश ३–०१–०२४ च ७७०९ नम्बरको किया कम्पनीको सेल्टर कारमा तोडफोड गरेको दाबी सिर्जनाको छ । टायलले गाडीको सिसा फुटाएको भन्दै उनले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

उनकै जाहेरीका आधारमा १६ साउनमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो । अर्की एक महिला भने फरार छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता