३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धरानमा खुकुरी प्रहारबाट १४ वर्षीया बालिकाको मृत्यु, एक जना घाइते

११ भाद्र २०८१, मंगलवार ११:२६

भदौ ११, काठमाडौँ । सुनसरीको धरानमा खुकुरी प्रहारबाट बालिकाको हत्या भएको छ। 

मंगलबार मध्यान्हमा धरान उपमहानगरपालिका-३ माछाभौडीमा खुकुरी प्रहार गरी एक जना बालिकाको हत्या भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीम दाहालले जानकारी दिए।

माछाभौडी बस्ने ३७ वर्षीया सिर्जना शाही र उनकी १४ वर्षीया छोरी युनिसा शाहीमाथि बहिनीज्वाई पर्ने खाँदबारी नगरपालिका-२ बस्ने ३३ वर्षीय बबिन बरालले खुकुरी प्रहार गरेका थिए।


सिर्जना आफ्नै मोबाइल पसलमा बसिरहँदा बबिनसँग घरायसी विवाद भएको थियो। सामान्य झगडा हुँदा बबिनले सिर्जना र उनकी छोरी युनिसामाथि अन्धाधुन्धा खुकुरी प्रहार गरेको एसएसपी दाहालले बताए।

खुकुरी प्रहारबाट सिर्जनातको बाँया पाखुरामा चोट लागेको छ। युनिसाको बाँया छातीमा गम्भीर चोट लागेको थियो। 

घाइते दुबै जनालाई प्रहरीले उद्धार गरी उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पठाइएको थियो। त्यहाँ उपचारको क्रममा पौने १ बजे चिकित्सकले युनिसालाई मृत घोषणा गरेको थियो। 

बबिनलाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड