३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रकाश तामाङलाई सहयोग गर्ने कोशी सरकारको घोषणा

१२ भाद्र २०८१, बुधबार ११:२२

भदौ १२, विराटनगर । ‘हेर्ने कथा’ युट्युब च्यानलमार्फत परिवारसँग सम्पर्कमा पुगेका भोजपुरका प्रकाश तामाङलाई कोशी प्रदेश सरकारले कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सहयोग गर्ने घोषणा गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो प्रदेशको नागरिकको पीडाबाट आफू मर्माहत भएको भन्दै उनलाई सरकारले सहयोग गर्ने बताए ।

कोशी प्रदेशभित्र रहेर पशुपालन या कृषि पेशा गर्न चाहेमा सरकारले सहयोग गर्ने कार्कीले बताए ।


संघीय सरकारबाट नागरिकताको लागि पहल भइरहेको र नागरिकता प्राप्त हुनेबित्तिकै उनलाई सहयोग दिइने मुख्यमन्त्री कार्कीले बताए ।

‘शैक्षिक योग्यता भएको भए सरकारी रोजगारी दिन सकिन्थ्यो’, मुख्यमन्त्री कार्कीले भने, ‘त्यो नभएपछि उहाँको सीपलाई समेत प्रयोग गर्नसक्ने गरी कृषि या पशुपालनमा सहयोग गर्ने तयारी गरेका हौं ।’

पत्रकार विद्या चापागाईंले गोर्खाको चुमभ्यालीमा भेटेपछि प्रकाशलाई ३५ वर्षपछि परिवारसँग पुनर्मिलन गराएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही