२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अमेरिकामा मुना मृत्युपछि उजाडिइन् एकल आमा, अमेरिकी साथीमाथि शंका

२०८१, १२ भाद्र बुधबार ११:३४

भदौ १२, काठमाडौँ । एक्लो सहाराको रुपमा रहेकी छोरी अमेरिकामा मारिएको खबरपछि अनिता अधिकारीमाथि अकल्पनीय बज्रपात परेको छ । उनको संसार नै एकाएक उजाडिएको छ ।

पूर्वसैनिक श्रीमानसँग केही वर्षअघि डिभोर्स गरेर बसेकी अनिताकी एक्ली सन्तान थिइन् २१ वर्षीया छोरी मुना । फोटो स्टुडियो चलाएर उनले छोरीलाई एक्लै हुर्काइन् र ऋणपान गरेर अमेरिका पढ्न पठाइन् । तीन वर्ष अगाडि मुना अमेरिका उडेकी थिइन् । नर्सिङ अध्ययनरत मुना सानोतिनो काम पनि गर्थिन् । अब आफ्नो पढाइ एक वर्ष मात्रै बाँकी रहेको र त्यसपछि दुखका दिन सकिने भनेर आमालाई हौसला दिन्थिन् ।

सविताका अनुसार तीन-चार दिनदेखि छोरीसँग उनको सम्पर्क भइराखेको थिएन । मुना निरन्तर अफलाइन हुँदा उनको छटपटी बढिरहेको थियो ।

उनी भन्छिन्, ‘पहिले पनि कहिलकाहीँ घुम्न जाँदा दुई-तीन दिन मोबाइल लाग्दैन थ्यो । यसपाली पनि कतै घुम्न गएकी होली भन्ने सोचेँ ।’

सोमबार बिहान अमेरिकाबाट फोन आयो । फोन छोरीको थिएन, छोरीकी साथीको थियो । अनिताको मनमा चिसो पस्यो । नभन्दै अकल्पनीय खबर सुन्नुपर्यो । केही बेरपछि अस्पतालबाट फोन आयो । शव अस्पतालमै रहेको र पैसा तिरेर जिम्मा लिन भनियो । अनिता कुनै जवाफ फर्काउने अवस्थामा थिइनन् ।

अब उनको एउटै इच्छा छ, जसरी पनि अमेरिका गएर आफ्नो छोरीको हत्यारालाई सजाय दिलाउने । तर, सजिलो छैन । उनीको आर्थिक अवस्था नाजुक छ । यद्यपि, अमेरिकी दूतावासमा भिसाका लागि आवेदन गरेकी छन् ।

अनिताका अनुसार उनलाई श्रीमानले निरन्तर कुटपिट गर्ने गर्थे । सेनाको जागीरबाट रिटायर्ड भएपछि श्रीमानको टर्चर सहनै नसक्ने भएर छुट्टिनु परेको उनले बताएकी छन् । ८ वर्षअघि पढ्दै गर्दा उनीहरूको डिभोर्स भएको थियो । छोरीको जिम्मेवारी आमाले पाइन् । त्यसयता उनले एक्लै संघर्ष गरेर छोरीलाई पढाइन् ।

अनिता भन्छिन्, ‘छोरी पेटमा हुँदादेखि नै मैले आधापेट खाएर संघर्ष गरेको हुँ । छोरीकै लागि सबै त्याग गरेँ । छोरी एकदमै साहसी थिइन् । हामीले सबैलाई केही गरेर देखाउनुपर्छ मम्मी भन्थिन् । म जसरी पनि गर्छु, हजुरले चिन्ता लिनुपर्दैन भन्थिन् ।’

अनिताका अनुसार अमेरिकामा मुनाका एक केटासाथी थिए, जो अमेरिकी नागरिक हुन् । छोरीले ती साथीले आफूलाई फलो गर्ने गरेको र आफूलाई पनि मन परेको भनेर सुरूमा आमालाई बताएकी थिइन् । ती साथीसँग घुम्न गएका फोटो/भिडिओहरु पनि पठाउने गरेको अनिताको भनाइ छ ।

उनले भनिन्, ‘अस्ति पुसमा एउटा बर्थ डे पार्टीमा उनीहरुको चिनजान भएको रहेछ । मलाई एकजनाले फलो गर्छ, प्रपोज गरेको छ भनेर सुनाएकी थिइन् । उसले एउटै फ्ल्याटमा बसौं, बिहे गरौं पनि भनेको रहेछ । मैले राम्ररी सोचविचार गरेर मात्रै गर्नु है भनेँ । फेरि बीचमा त्यो मान्छे अलिक व्यवहारिक रैनछ मामु भन्ने कुरा गरी । मैले त्यसो भए त्योसँग संगत नगर भनेकी थिएँ । पछि उनीहरूबीच बोलचाल पनि हुन छोडेको रहेछ । तर, छोरीले मलाई भनेकी थिइन । फेरि केही दिनदेखि बोल्न थालेका थिए रे । मलाई त्यही केटामाथि शंका छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने