पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>भदौ १४, बारा ।</b> बारामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै चालकको मृत्यु भएको छ <br></p><p>मृत्यु हुनेमा चालक कलैया उपमहानगरपालिका ११ निवासी २४ वर्षीय सन्दीपकुमार यादव रहेका प्रहरीले जनाएका छन् । प्रहरीका अनुसार गएराती यादव सवार लु ९५ प ६३५४ नम्बरको मोटरसाइकल कलैया–१६ को उत्तर झिटकैयामा अनियन्त्रित भई पल्टिएको थियो । </p><p> प्रहरीका अनुसार घटना राती भएको हो तर स्थानीयले बिहान खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।</p>

