2026-09-22 12:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुनाको हत्या आरोपमा पक्राउ परेका शाहलाई धरौटीमा रिहा गर्न अस्वीकार ,मृत्युदण्डको सजाय हुन सक्ने

भदौ १४, काठमाडौँ । २१ वर्षीय नेपाली विद्यार्थी मुना पाण्डेको हत्या गरेको आरोपमा  पक्राउ परेकालाई धरौटीमा रिहा गर्न स्थानीय अदालतले अस्वीकार गरेको छ । यो मामिलामा ५१ वर्षका बबीसिंह शाहले पक्राउ परेका थिए । पाण्डेको हत्या आरोपमा अमेरिकाको टेक्सस राज्यस्थित ह्युष्टन प्रहरीले शाहलाई बुधबार राति ९ बजेतिर  पक्राउ गरेको थियो । सिंहलाई पाण्डेको हत्या सम्बन्धमा दुई ओटा मुद्दा चलाइएको छ ।

 उनीमाथि हत्या र गैर कानुनी रूपमा हतियार बोकेर हिँडेको मुद्दा दायर भएको छ । यी अभियोगमा दोषी भेटिएमा सिंहलाई आजीवन कारावासदेखि मृत्युदण्डसम्मको सजाय हुन सक्नेछ । 

अदालतले केही सम्भाव्य कारण देखेर सिंहले माग गरेको जमानतको याचिका खारेज गरेको भन्दै एक स्थानीय अनलाइनले लेखेको छ । सिंहलाई अब मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराइनेछ । 

 ह्युष्टनमा नर्सिङ पढिरहेकी पाण्डे सोमबार आफ्नै अपार्टमेन्टमा मृत भेटिएकी थिइन् । उनीमाथि कयौँ राउन्ड गोली प्रहार भएको थियो । डकैतीको क्रममा सिंहले पाण्डेलाई गोली हानेको सरकारी वकिलहरूको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । स्थानीय पत्रपत्रिकाका अनुसार सिंह डकैती गर्ने उद्देश्यले पाण्डेको अपार्टमेन्टमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने