२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सेफ्टी ट्याङ्कीमा बेहोस भएर तीन जनाको मृत्यु

२०८१, १४ भाद्र शुक्रबार १०:४४

भदौ १४, नवलपुर । नवलपुरमा सेफ्टी ट्याङ्कीमा काम गर्ने क्रममा बेहोस भएर तीन जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ रानीनगरका भोलासिंह क्षेत्रीको निर्माणाधीन घरको शाैचालयको सेफ्टी ट्याङ्कीभित्र काम गर्दै गर्दा बेहोस भएर तीन जनाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार घरधनी भोला सिंहका छोरा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, सोही ठाउँका १८ वर्षीय गणेश बोगटी र मोहम्मद राजाको मृत्यु भएको हो । 

उहाँहरु तीनै जनाको उपचारका क्रममा रुपन्देहीका विभिन्न अस्पतालमा मृत्यु भएको पौडेलले बताउनुभयो । 

बेहोस भएका उहाँहरुलाई छिमेकी प्रकाश क्षेत्रीमार्फत जानकारी प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उपचारका लागि रुपन्देहीको सहिद स्मृति सामुदायिक अस्पतार चौपत्ता लगेकोमा उपचारका क्रममा तीनै जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता