2026-07-26 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्रिकेटर सोमपाल कामी टेन प्लास्टको ब्राण्ड एम्बेसडरमा अनुबन्धन

भदौ १४,  रुपन्देही । क्रिकेटर सोमपाल कामी नवलपरासीको टेन प्लास्ट इण्डस्ट्रिजका उत्पादनको ब्राण्ड एम्बासडरमा अनुबन्धित भएका छन् ।

शुक्रबार भैरहवामा एक औपचारिक समारोहमा उद्योगका अध्यक्ष धिरज अग्रवालले कामीलाई उद्योगको प्लम्बिङ पाइप हस्तान्तरण गर्दै एम्बासडरमा अनुबन्धित भएको सार्वजनिक गरेका हुन् । सो अवसरमा क्रिकेटर कामीले उद्योगका अध्यक्ष अग्रवाल क्रिकेटप्रेमी समेत भएका, उद्योगको नाम र आफ्नो जर्सी नम्बर समेत मिलेकाले स्वदेशी उद्योगका प्रवद्र्धनमा आफू अनुबन्धित भएको बताए ।

उद्योगसँग अनुबन्धको सम्झौता १५ महिनासम्म लागू हुने उद्योगले जनाएको छ । उद्योगका अध्यक्ष अग्रवालले एक अर्ब लगानीमा २०७७ सालमा स्थापना भएको उद्योगले नेपालमै पहिलोपटक इटालियन प्रविधिबाट प्लम्बिङ सम्बन्धी सबै सामान एउटै उद्योगबाट उत्पादन गरिरहेको र सय जना बढीलाई प्रत्यक्ष रोजगारी दिएको बताए ।

नेपाल गुणस्तर चिन्ह समेत प्राप्त गरेको उद्योगले जापान, थाइल्याण्ड लगायत देशबाट कच्चा पदार्थ आयात गरिरहेको अग्रवालले बताए । उनले आफू सानैदेखि क्रिकेटको पारखी भएकाले आफ्नो कम्पनीको ब्राण्डका लागि पनि क्रिकेटर नै रोजेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ