2026-09-22 11:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

युवतीमाथि सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

भदौ १६, काठमाडौँ | तालिममा सहभागी गराउने जनाएर होटेलमा पुर्‍याएर सामूहिक बलात्कारको आरोपमा प्रहरीले रुपन्देहीको कोटहीमाई गाउँपालिकाका तीन युवालाई पक्राउ गरेको छ । स्थानीयका अनुसार डेढ साताअघि गाउँकै तीन व्यक्तिले ती किशोरीलाई तालिममा सहभागी गराउने भन्दै होटलमा पुर्‍याएका थिए । 

युवतीका आफन्तका अनुसार झुक्याएर होटलमा पुर्‍यााएपछि बन्धक बनाएर तीन जनाले बलात्कार गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मनोहर भट्टले शनिबार पीडितको जाहेरी प्राप्त भएपछि आरोपित तीन जनालाई पक्राउ गरिएको जनाए । ‘जाहेरी प्राप्त भएपछि हामीले घटनाको अनुसन्धान अगाडि बढाइसकेका छौं,’भट्टले भने, ‘पीडितलाई जिल्ला प्रहरी बोलाएका छौं, थप बुझेर घटनास्थल यकिन गरेपछि कारबाही थाल्छौं ।’

स्थानीयका अनुसार गत भदौ ५ गते कोटहीमाई–६,का मनोहर चौधरी (कुर्मी)ले तालिममा सहभागी गराउने भन्दै युवतीलाई मोटरसाइकलमा राखेर होटेलमा पुर्‍याएका थिए । त्यसपछि भैरहवानजिकै बनगाईमा रहेका कोटहीमाई–५, का मुकेशकुमार चौधरी (कुर्मी) र कोटहीमाई–३, का शैलेशकुमार पाण्डे पनि उक्त होटेलमा पुगेका थिए । युवतीका आफन्तले ती युवाले लुम्बिनीको एक होटेलमा पुर्‍याएर बन्धक बनाएर बलात्कार गरेको आरोप लगाएका छन् । होटेलमा पुर्‍याएपछि अरु सहभागी नदेखेर युवतीले घर फर्किने जनाएपछि युवाहरूले अन्य सहभागी आउँदै भनेर अल्झाएको युवतीका आफन्तले बताए ।

भदौ ६ गते बिहान मुकेशले नै युवतीलाई गाउँनजिक ल्याएर छाडेका थिए । ‘लोकलाजले गर्दा घटना लुकाएकी रहिछन्,’कोटहीमाईका एक स्थानीयले भने,‘दुई दिनअघि मात्रै गुप्ताङ्गबाट धेरै रगत बगेपछि घटना खुल्यो, अहिले युवतीको उपचार गराइएको छ ।’

घटना खुलेपछि युवतीका दाइले मुकेशलाई भेट्न बोलाएका थिए । त्यसक्रममा आरोपितमाथि कुटपिट भएको थियो । त्यसपछि अन्य दुई जनाको सहभागिताबारे खुलेको ती व्यक्तिले बताए । स्थानीयका अनुसार मनोहर कोटहीमाई गाउँपालिकाका शिक्षा प्राविधिक सहायक हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो