2026-09-22 11:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नर्वेकी राजकुमारीले गरिन् अमेरिकी धामीसँग विवाह

भदौ १६, काठमाडौं । नर्वेकी राजकुमारी मार्था लुइले अमेरिकी धामी दुरेक वेरेटसँग विवाह गरेकी छन्। उनको विवाहलाई लिएर नर्वेमा जनमत विभाजित छ।

पश्चिमी नर्वेमा उनीहरूले शनिबार दुई दिने समारोहमा विवाह गरेका हुन्।

शाही परिवारको सदस्यहरूको विवाहमा जस्तो उनीहरूको विवाहमा ठूलो भीड उपस्थित थिएन। केही मान्छेहरू मात्र हेर्नलाई जम्मा भएका थिए। 

उनीहरूको विवाहको तस्बिरको राइट हेलो म्यागजिन र डकुमेन्ट्रीको राइट नेटफ्लिक्सलाई दिइएकाले अन्य सञ्चारमाध्यमलाई पनि समारोहमा रोक लगाइएको थियो।

उनका बुवाआमा राजा ह्यारल्ड र रानी सोन्या पनि समारोहमा उपस्थित थिए। 

लेखक अरी बेनसँगको उनको अघिल्लो विवाहबाट जन्मेका तीन छोरी पनि समारोहमा थिए। 

५२ वर्षीया मार्था यो विवाहपछि राजकुमारी रहने छैनन्। २०२२ मा दरबारले नै मार्थाले आफ्नो भूमिका छाड्ने निर्णय लिएको बताएको थियो।

मार्थाले आफू भविष्यद्रष्टा भएको दाबी गरेकी थिइन्। वेरेटले पनि आफ्नो परिवार ६ पुस्तादेखि धामी रहँदै आएको बताएका छन्। एकपटक उनले आफू चार मिनेट २५ सेकेन्डका लागि मरेको दाबी पनि गरेका छन्। 

‘मैले अर्कोपट्टिको सारा सूचना पाएँ। अनि फर्केर आएँ,’ उनले न्युयोर्क टाइम्ससँग भनेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो