2026-09-22 11:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ब्राजिलमा सामाजिक सञ्जाल ‘एक्स’माथि प्रतिबन्ध

एजेन्सी । ब्राजिलको सर्वोच्च अदालतले ट्विटरको रुपमा चिनिने सामाजिक सञ्जाल एक्सलाई ब्राजिलमा तत्कालै प्रतिबन्ध लगाउन आदेश दिएको छ ।

सर्वोच्च अदालतका एक न्यायाधिशले ब्राजिलमा एक कानुनी प्रतिनिधिलाई पहिचान गर्नका लागि ट्विटरलाई दिएको समयसीमा सकिएपछि यस्तो फैसला आएको हो ।

सोही विषयलाई लिएर सर्वोच्च अदालतका न्यायाधिश अलेक्जेन्डर डे मोरेस र ट्विटरका मालिक एलन मस्कबीच केही समययता विवाद हुँदै आएको थियो । उक्त विवादका बीच एलन मस्कले सुरक्षा खतरा रहेको भन्दै ब्राजिलस्थित ट्विटरको कार्यालय नै बन्द गरेका थिए । मस्कले गत साता मात्रै न्यायाधिश एलेक्जेन्डरले आफ्नो कम्पनीमाथि धम्की दिएको भन्दै आएका थिए ।

न्यायाधिश डे मोरेसले नै पछिल्लो पटक एक्सलाई पूर्ण र तत्काल निलम्बन गर्न आदेश दिएका हुन् । जवकि एक्सले अदालतको आदेश पालना नगरेको न्यायाधिश मोरेसको भनाइ छ । यस्तै अदालतका सबै आदेश पालना नगरेसम्म नखोल्न पनि आदेशमा भनिएको छ । जवकि अदालतको आदेशमा ३ अर्ब २८ करोड डलरको जरिवाना पनि तोकिएको छ ।

न्यायाधिश मोरेसले एक्सलाई निलम्बन आदेश कार्यान्वयन गर्न २४ घण्टाको अल्टिमेटम समेत दिएका छन् । यसै वर्षको सुरुमा न्यायाधिश डे मोरेसले एक्समार्फत विकृत समाचार र घृणा फैलाएको आरोपमा केही व्यक्तिका एक्स एकाउन्ट बन्द गराउन आदेश दिएका थिए ।

यस्ता एकाउन्ट बन्द गराउने सूचीमा पूर्वप्रधानमन्त्रीसहित उच्चपदस्थ अधिकारीहरु समेत थिए । तर एक्सले अदालतको आदेश पालना गरेको थिएन ।

मस्क भने ती व्यक्तिका एकाउन्ट बन्द गर्न तयार थिएनन् । एक्ससँग विवादसँगै ब्राजिलको सर्वोच्च अदालतले स्टारलिंक स्याटेलाइट इन्टरनेट फर्मका स्थानीय बैंक खाताहरु पनि ब्लक गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो