Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 1, 2024 समाज

मृत बन्धकलाई सम्भावित युद्धविराममा मुक्त गर्ने तयारी थियो : हमास

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १६, काठमाडौँ । गाजाको सुरुङमा मृत भेटिएका छ जना इजरायली बन्धकमध्ये केहीलाई युद्धविराम सम्झौता भएको अवस्थामा रिहाईका लागि ‘स्वीकृत’ गरिएको हमासका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् ।

यस विषयमा सार्वजनिक रूपमा बोल्ने अधिकार आफूलाई नभएको भन्ने ती अधिकारीले नाम नबताउने शर्तमा भने,“इजरायली पक्षले फेला पारेका कैदीहरूको केही नामहरू घोषणा गरिएको छ । इजरायलमा रहेका प्यालेस्टिनी कैदीहरूका लागि प्रस्तावित आदानप्रदानका लागि हमासले अनुमोदन गरेको बन्धकहरूको सूचीमा उनीहरू पनि थिए।”

इजरायली सेनाले दक्षिणी गाजा पट्टीको सुरुङमा भेटिएका एक अमेरिकी मुलका इजरायली र एक रूसी मुलका इजरायलीसहित छ जना बन्धकको शव पहिचान गरेको आइतबार जनाएको छ ।

उनीहरुको अवशेष शनिबार ‘रफाह क्षेत्रको भूमिगत सुरुङबाट’ फेला परेको र तिनको औपचारिक रुपमा पहिचान गरिएको इजरायली सेनाले जनाएको छ ।

गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूले कब्जामा लिएका कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्श गोल्डबर्ग–पोलिन, अलेक्जेन्डर लोबानोभ, अल्मोग सारुसी र ओरी डानिनोको शव पहिचान गरिएको हो । रासस